बैदेशिक रोजगारीमा जादै हुनुहुन्छ ? कुन देश जाँदा कति लाग्छ – हेर्नुस

बैदेशिक रोजगारीको लागि कुन देश जाँदा कति लागत लाग्छ भन्ने जानकारी सबैले थाहा पाउनुपर्ने कुरा हो । तर यस्तो यो सूचना सार्वजनिक जानकारीको लागि प्रकाशन तथा प्रसारण मा कमि हुदा सर्बसाधारण ठगिदै छन। सरकारले १ सय १० देश रोजगारीको लागि खुला गरेपनि हाल इराक र अफगानिस्तान बाहेक १ सय ८ देशमा नेपालीहरु बैदेशिक रोजगारीमा जान पाउने व्यवस्था छ । नेपालमा प्रयाप्त रोजगारीको अवसर नभएर विदेश जानु नेपालीको बाध्यता हो । सरकारले विदेश जाँदा कुन देश जाँदा कति लाग्छ भन्ने शुल्क निर्णय गरेको छ। नेपालीहरु यस्तो सूचनाबाट वन्चित हुदा म्यानपावर र एजेन्टका कारण ठगिन बाध्य भएका छन्।

धेरै नेपाली हरु अरब जाने क्रममा म्यानपावर हरु बाटै ठगिने गरेकोछ। बिदेशी कम्पनिले फ्री भिसा पठाएपनि यहा लाखौ तिरेर जानु परेको बाध्यता भने लुकेको छैन। म्यानपावरको दलाल हरुको चंगुल मा फसेर विदेश जाने नेपाली दाजु भाइहरु ठगिने गरेको हो। बिदेशिक रोजगारमा जान लाग्ने रकम भनेर सरकारले तोकेको रकम अनुसार बिज्ञापन मा छपाएपनि कामदार हरुलाई विदेश जाने क्रममा बढी रकम लिने गरेको कुरा भने नौलो हैन , यो हरेक जसो दिन हुने काम हो। तेसैले पनि धेरै सर्बसाधारण हरु ठगिने क्रम बढेको छ। सरकारले हरेक देशमा जान लाग्ने रकम तोकिदिएको छ। धेरै सर्बसाधारण हरुलाई त्यस बारेमा थाहा नहुन सक्छ। यस्तो छ सरकारले तोकेको बैदेशिक रोजगारमा जान लाग्ने लागत् हेर्नुस

नेपाल रेमिटेन्समा धानिएको देश बनिसकेको छ। कुनै समय कृषि प्रधान देश भनेर चिनिने देश नेपाल अहिले रेमिटेन्सले चल्ने बनेको देश बनेको छ। देश भित्रका प्राय हरेक घरका एक न एक मानिसहरु बिदेशमा पैसा कमाउन पुगेको तथ्याकले समेत देखाएको छ। लाखौ नेपाली सर्बसाधारण हरु अरबको खाडी देखि लिएर युरोप अमेरिका सम्म पैसा कमाउन का लागि बैदेशिक रोजगारीका लागि पुगेका छन्। आफ्नो परिवारलाई आर्थिक रुपमा सुखी र सम्पन्न बनाउन नेपाली दाजु भाइहरु विदेश भासिएका हुन्। घरायसी विभिन्न बिबशता र बाध्यताका कारण अहिले लाखौ नेपाली हरु अरबको खाडीमा पुगेर मरुभूमिमा ५० डिग्रीको घाममा दुख गरिरहनु परेको छ। तर पनि दुख गर्न अरब जान पनि त्यति सजिलो भनेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *