क्याप्टेन विजय लामाले सबैलाई धन्यवाद दिदै लेखे यस्तो मार्मिक स्टेटस

सोमबार साँझ नेपाल एयरलाइन्सले आफ्ना प्रवक्ता विजय लामालाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी गराएको थियो । यसअघि आजै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई दोहोरो भूमिका दिँदा सुरक्षा खतरा बढेको भन्दै दोहोरो पदमा रहुञ्जेलका लागि उडान अनुमति नदिने भन्दै त्यसको जानकारी नेपाल एयरलाइन्सलाई गराएको थियो । नेपाल एयरलाइन्सको प्रवक्ताको जिम्मेवारीबाट वरिष्ठ पाइलट विजय लामालाई मुक्त गरिएको थियो । त्यस यता बिजय लामाको समर्थनमा सामाजिक संजालमा सर्बसाधारणले बिरोध गर्दै आएका छन्। एक सच्चा र निडर व्यक्ति माथि कारबाही गरेको भन्दै सामाजिक संजालमा आलोचना र बिरोध भएको हो।

क्याप्टेन विजय लामाले आफुलाई माया र साथ् दिने सबैलाई धन्यवाद दिदै फेसबुकमा मार्मिक स्टेटस लेखेका छन्

मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु!

देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु!
त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन!!

तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद!
धन्यबाद!!!

जय चन्द्र सुर्य!

यसअघि एक अन्तरवार्ताका क्रममा वरिष्ठ पाइलट लामाले आफूले थकान, तनाव र अनिद्रामा उडान भर्नुपरेको बताएका थिए । यस्तो अवस्थामा उडान भर्नु सुरक्षाको दृष्टिकोणले खतरा भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफमा लामाले आफू पाइलटको हैसियतमा नभई प्रवक्ताको हैसियतमा त्यस्तो अभिव्यक्ति दिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *