रबि लामिछाने र आङकामी शेर्पाको सहकार्यमा मृत्युको मुखमा रहेकी चेलीको इराकबाट उद्दार ( भिडियो सहित )

केहि पैसा कमाउने र जिबन सहज बनाउने सपना बुन्दै इराक पुगेकी चेली समस्यामा परेकी थिइन। दलालको चंगुलमा परेर इराकमा नारकीय जिबन बिताईरहेकी सोलिखुम्बुकी चेली निसा तामांगको सकुशल उद्दार गरिएको हो । पत्रकार रबि लामिछानेको कार्यक्रम मार्फत सहयोग मागन पुगेकि चेली ले अन्तत नेपाल फर्किएकी छिन। समाज सेबी आङ कामि शेर्पा विभिन्न देशका राजदुत लगायायतको सहकार्यमा उनको सकुशल उद्दार भएको हो। उनलाई कुर्जिकिस्थान भनेर १३ हजार डलर मा इराक मा बेचिएको थियो । भिडियो लाइभ गर्दै उनले आफुलाई इराक मा दलालले बेचेको र आफु पराइ भूमिमा मर्न नचाहेको भन्दै भिडियो पठाएकी थिइन । उनले भिडियो मा रबि सर म यहाँ मर्न चाहन्न प्लिज रबि सर सक्नु हुन्छ भने मलाइ नेपाल निकालिदिनुस मलाइ सन्चो पनि छैन म बिरामी छु भन्दै अनुरोध गरेकी थिइन ।

सिधा कुरा जनता संगको स्टुडियोबाट रबि लामिछानेले आफुले जसरी पनि नेपालि भुमिमा ल्याउने लाइभ कार्यक्रममै बाचा गरेका थिए । आज रबि लामिछानेले पनि नेपालमा पिडित नेपालि चेलीलाई सकुसल उद्दार गरि नेपालि भुमिमा फिर्ता ल्याउन पाउदा रबि खुशी ब्यक्त गरेका थिए। त्यस्तै समाज सेबी आङ कामि शेर्पाले पनि आफ्नो फेसबुकमा स्टाटस लेख्दै नेपालि चेलीको उद्दार गर्न सफल भएको मा खुशी हुदै फेसबुकमा शेयर गरेका थिए ।

उनको स्टाटस यस्तो रहेको थियो :

वैदेशिक रोजगारीका सिलसिलामा इराक पुगेकी निशा तमाङलाई आज स्वदेश फिर्ता पठाउन सफल भएका छौ।बहिनीको यात्र सफलताको सुभकामना।निक्कै लामो समयदेखि बहिनीलाई त्यो आपतकालीन अवस्थाबाट खुशी फर्काउन लागि परेको थिए। बिचमा विभिन्न ब्यक्तीहरुको सल्लाहमा फेसबुक लाईभमा पनि देखिनुभयो। तर भित्रबाट हामिले काम गरीरहेका थियौ।

जब बहिनिको लाईभ भिडियो न्युज 24 सिधाकुरा जनतासगँंका प्रस्तोता रबि लामिछाने जी सम्म पुग्यो, अनि हामिहरु सगै सहकार्यगर्दै अझै तिब्रगतीमा अगाडि बढ्दै बहिनिलाई दुई महिना केहिदिन पुर्व बहिनिले कामगर्दैगरेको घरबाट अनेत्र अलि सुरक्षित स्थानमा सरुवा गराइयो। अनि बहिनिको ट्राभल डकुमेन्ट पहिलापनी बनेको तर म्याद कटेको भएर फेरि दोस्रो पटक ट्राभल डकुमेन्ट बनाइयो। इराकमा जस्ले बहिनिलाइ त्यो आपतकालीन स्थानबाट उद्दारगरेर आफ्ना संरक्षणमा राख्न मद्दतगर्नुभएको थियो उहाँहरुले पनि बहिनिको हरेक काम कुरामिलाउन नौ हजार डलरको डिमान गर्नुभयो ।

त्यो अनावश्यक माग थियो निक्कै तनाबपुर्ण स्थिति सिर्जना भयो तर सत्यकै बिजय हुनेहुदा आखीर यिनै बहिनिलाइ इराकमा पठाउने दलालहरुबाट २४०० डलर मागेर बहिनिको आज नेपाल फिर्ता गराउन सफल भएका छौ। यसरी हरेक दिदिबहिनीका लागि अत्यान्तै खटेर मन लगाएर काम गर्दिनुहुने नेपाल सरकारवालाको दुतावास कुवेतका प्रवक्ता ज्ञानेद्र सर्मा ज्युलाइ हृदयबाटै धन्यवाद सलाम छ। र यसरी भन्दैगर्दा इजिप्टमा अवस्थित सरकारी दुतावसका प्रभक्ता सुजन बिदारी सर अनि साउदीमा अवस्थित सरकारी दुतावसका आनन्द सर्मा सर यहाहरुलाइ मेरो साच्चैनै संमान छ।

कर्मचारी यहाहरु जस्ता सबैले यसरीनै मनलगाएर काम गरीदिनुभए अझै सजिलो हुन्छ। र रबि जी सगका सम्पुर्ण टिमलाई मेरो तर्फबाट धन्यवाद। र सुगन भाइ लाई धन्यवाद भन्न चाहन्छु। अन्ततः सम्पुर्ण नेपालीजनहरुमा नव बर्ष २०७६ को हार्दिक मगलमय सुभकामना भन्दै दुई शब्दहरु यत्तिमै बिट्मार्दछु।धन्यवाद। यस बारेको बृस्तित जानकारी भोलिको सिधा कुरा जनता संग मा हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *