रविको अर्को महान काम : ईराकबाट रुदै गुहार माग्ने अर्की नेपाली चेलीले पाइन् नया जिबन

, , Leave a comment

रबि लामिछानेको सिधा कुरा जनता कार्यक्रमले प्रतक्ष रुपमा नै सक्रिय भएर बिदेशमा अलपत्र भएका र दुख पाएका धेरै नेपाली चेलीहरुको उद्दार गरिसकेको छ। नेपाली चेली मात्र नभएर नेपाली दाजुभाइ समेत हरुलाई उद्दार र सहयोग गरिसकेको कुरा सबैलाई थाहा नै छ। आफ्नो बेदना पोख्दै सिधा कुरामा आएपछि सिधा कुरा जनताको टोलीले तत्काल उद्दार गर्ने काम मा सक्रिय हुने गर्छ जसका कारण धेरैले पुनार्जिबन पाइसकेका छन्। यस पटक पनि केहि समय पहिले सिधा कुरा जनतामा आफुलाई समस्या परेको र नारकीय जिबन बिताउन आफुलाई बाध्य पारिएको भन्दै ईराकबाट गुहार माग्दै यी नेपाली चेलीले सहयोग मागेकी थिइन।

उनको उद्दारको काम सफल भएको छ र उनि स्वदेशमा फिर्ता समेत भएकी छिन। यी नेपाली चेलीले दलालहरुले घेराबन्दीमा पारेर आफ्नो जिबन नर्क जस्तो बनाइदिएको र आफुलाई बचाउन भन्दै रबि लामिछाने संग सहयोग मागेकी थिइन। रबिले त्यस दिन लाईभ कार्यक्रममा स्टुडियोबाट ति चेली संग गरेको बाचा आज पूरा गरि छाडेका छन्। अनेकौं प्रशासनिक झमेलाका बाबजुद सिधा कुरा जनताको टोलीले समन्वय गरि धेरै सहयोगीहरुको साथ पाउदै यी चेलीलाइ नयाँ जीवन दिन सफल भएको छ।

रबि लामिछानेले आफ्नो फेसबुक मार्फत यस्तो खुसीको खबर सुनाएका छन् :

ईराकबाट गुहार माग्ने अर्कि नेपाली चेलीलाई स्वदेशमा स्वागत गर्न सफल भयौ। नारकिय जीवन,दलालहरुको घेराबन्दी, अनेकौं प्रशासनिक झमेलाका बाबजुद हाम्रो समन्वय तर धेरै सहयोगीहरुको साथका कारण यी चेलीले नयाँ जीवन प्राप्त गरिन।लाईभ कार्यक्रममा स्टुडियोबाट त्यो दिन गरेको बाचा आज पूरा भयो।प्रिय बहिनी, तिमिलाई नेपालमा स्वागत छ। बाकी भोलि राती ८:४५ बजे, News 24 मा

 

Leave a Reply