भारतीय रियालिटी शो सारेगमपमा आयुष र प्रितमको उडान, वाहवाही कमाउदै

, , Leave a comment

भारतीय टेलिभिजनमा सबैभन्दा पुरानो रियालिटी शो सारेगमपको जुनियरमा यतिबेला दुई नेपाली बालकले निकै चर्चा कमाइरहेका छन् । टप १४ सम्म पुगिसकेका उनीहरु दुईमध्ये इटहरी निवासी प्रितम आचार्यलाई उपाधिको दाबेदारका रुपमा हेरिन थालिएको छ। सारेगमपको मुम्बई अडिसनमा प्रितमको प्रस्तुति ‘सन्देशे आते है’गीतले तहल्का नै पिटेको थियो । निर्णायकहरुले प्रशंसा गर्दै उनलाई काध मा नै बोकेका थिए । त्यसयता समेत उनले दिएका हरेक प्रस्तुतिहरुमा प्रितम अब्बल देखिँदै आएका छन् र अहिले सम्म सतप्रतिशत अंक पाउदै आएका छन्।

त्यस्तै अर्का बालक सिन्धुपाल्चोकका आयुष केसी पनि कम छैनन्। त्यसो त उनको प्रस्तुतिमा जजहरुले वाहवाही नगरेको कुनै प्रस्तुति छैनन्। नेपाली बाल गायकहरु प्रितम र आयुष वास्तवमै प्रशंसाका हकदार छन् । अर्बौ जनसंख्या रहेको भारतमा समेत नेपालीहरुको पहिचान बनाउदै टप १४ सम्म पुग्नु आफैमा सानो सफलता भने हैन। नेपाली टोपी ढल्काउँदै जब उनीहरु स्टेजमा गीत गाउँछन्, तब प्रसंसा र बाह्बाहीको भेल नै आउने गर्छ । निर्णायक जुरी सबैको मन जित्दै सबैलाई प्रभावित बनाएका छन् यी बालकहरुले ।

सारेगममपले पहिलो चरणमा लिएको भिडियो अडिसनमा सफलता हासिल गर्दै आयुष र प्रितम दुबै दोस्रो लेभलका लागि दिल्ली पुगेका हुन् । त्यसपछि मुम्बईमा भएको कलिङ राउन्ड र मेगा अडिसनमा छानिएर उनीहरु टप ३० मा पुगेका थिए। सुनसरीको इटहरी उपमहानगरपालिका ११ वर्षीय प्रितम र भक्तपुरको नयाँ ठिमीमा बस्दै आएका सिन्धुपाल्चोकका १२ वर्षीय आयुष काठमाडौंको सुरसाला म्युजिक एकेडमेमीमा साथी हुन् । प्रितम कक्षा ६ र आयुष कक्षा ७ मा पढ्छन् ।

तीन वर्षअघि नेपाली टेलिभिजनमा प्रशारित सुरशाला जुनियर आइडलमा आयुष पहिलो र प्रितम दोस्रो भएका थिए । त्यसपछि उनीहरुले सुरशालामा प्रशिक्षणको अवसर पाएका हुन् । सुरशाला कै समन्वयमा उनीहरु अहिले सारेगमप प्रतिस्पर्धामा छन् । डिजिटल राउन्ड, नेपाल अडिसन, मेगा अडिसन हुँदै उनीहरु उत्कृष्ट १६ मा छानिएका थिए ।

५ वर्षको उमेरदेखि उनले गीत गाउन थालेका थिए । अहिले सारेगमपको टप १४ को प्रतिस्पर्धा चलिरहेको छ । भोटिङ राउन्ड सम्भतः टप ८ पछि सुरु हुन सक्छ । जीटीभीले यसको आधिकारिक जानकारी दिएको छैन । गायन रियालिटी शोहरुमा गायन कला अलावा प्रतिस्पर्धीको व्यक्तित्व, स्टाइल, अनुशासन, कन्फिडेन्स, धेरै थोक जाँचिन्छ । प्रितम र आयुष दुवै स्मार्ट छन् र अनुशासित पनि । मुख्यतः सुर–तालमा दुवैको राम्रो पकड छ । गायनको हिसाबले चाहिँ उनीहरु दुवै भोटिङ राउन्डमा पुग्ने सम्भावना देखिन्छ । त्यसपछिको यात्रा पब्लिकको हातमा हुन्छ ।

 

Leave a Reply