सिधा कुरा जनताको प्रभाब : अमरजितको डुबेको लाखौ पैसा फिर्ता आयो

एसबिआई बैंकमा रहेको आफ्नो ५ लाख रुपैयाँ एका–एक गायब भएपछि समस्यामा परेको भारत विहारका अमरजित कुमार सिंहको बिषयमा सिधा कुरा जनता ले रिपोर्टिंग गरेपछि  बैंकले उनको पैसा फिर्ता गराएको छ । आफ्नो पैसा अरुले नै झिकेको तर बारम्बार बैंक संग आग्रह गर्दा पनि पैसा फिर्ता भने हुन सकेको थिएँन। त्यसपछि उनि दिक्क भएर रबि लामिछानेको सिधा कुरा जनता संग कार्यक्रममा पुगेका थिए।

उनी काठमाडौंमै रहेका बेला भारतका विभिन्न स्थानमा १ सय ५२ पटकमा उनको एटिएम कार्ड प्रयोग भएको देखिन्छ । पेट्रोल हाल्ने, सपिङ गर्नेदेखि विभिन्न एटिएम मेसिनमा उनको कार्ड प्रयोग गरेर उनको खाताबाट ५ लाख बढी रकम निकालिन्छ । अचम्म त के भने त्यसबेला उनको एटिम उनीसँगै नेपालमा थियो । उल्टो भारतमा तेरो पैसा चोरिएको भन्दै उनलाई भारतीय प्रहरीमा निवेदन दिन लगाउन जस्तो दुख दिने काम बैंकले ग-यो ।

यो बिषयमा उनले काठमाडौं रहेको नेपाल एसबिआई बैंकको कार्यालयमा तथा भारतको दिल्ली स्थित एसबिआई बैंकको कार्यालयमा पुगेर पनि उजुरी गरे । तर बैकंका कर्मचारीले ३५ दिन, ७ दिन अर्को हप्तासम्म आजै पैसा फिर्ता हुने भन्दै ४ महिनासम्म दुख दिए । नेपाल प्रहरी, भारतीय दुतावास, पर्यटन प्रहरी भारतका विभिन्न प्रहरी चौकीमा उजुरी दिएर थाकेका उनी केही नलागेपछि हाम्रो कार्यालय अएका थिए । हामीले उनका विषयमा रिपोर्ट प्रसारण गरेपछि बैंकले उनको पैसा फिर्ता दिएको छ ।

यो सँगै एसबिआई बैंकमा सुरक्षा चुनौति देखिएको छ । काठमाडौंमा आफैसँग एटीएम खल्तीमै रहेका अमरजितको ५ लाख रुपैयाँ उनकै एटीमको प्रयोग गरी भारतका विभिन्न स्थानबाट पैसा झिकिनु आँफैमा रहस्यमय छ । अझ बढी त एसबिआई बैंकको लैनचौर स्थित कार्यालयमा एटीम डिपार्टमेन्ट प्रमुख प्रविन आचार्यलेनै बैंकमा रहेको सीसी क्यामेराले समेत कैद गरेको दृश्य स्पष्ट नहुने र सीसी क्यामेराकै भरमा व्यक्ति पहिचान गर्न नसकिने बताएका छन् ।

उनका अनुसार एटीम मेशिनबाट एक दिनमा भारु १५ हजार मात्रै निकाल्न पाइन्छ तर अमरजितको खाताबाट एटीमको प्रयोग गरी दिनमा १ लाख बढी निकालिएको छ । डिजिटल प्रविधिको प्रयोग गर्ने नाममा सर्वसाधारणले संकलन गरेको पसिनाको कमाई सुरक्षाको जिम्मा लिएको बैंकको यो अवस्था भोगेपछि अमरजित अब यो बैंकमा कारोबार नगर्ने बताउँछन् ।

स्मरण रहोस अमरजितको पैसा बैक आफैले झिकेको, चोरी भएको वा कसरी निस्क्यो त्यसबारे आफ्नो ग्रहाकहरुलाई जानकारी गराएको छैन । जेन तेन आफ्नो पैसा फिर्ता पाएका अमरजित अहिले भने विहेका लागि पटना गएका छन् । ८ दिन पछि उनको विहे छ । एसबीआई बैंकले आफ्नो पैसा नदिए विहेनै क्यान्सिल हुन्छ भन्दै उनी हाम्रो कार्यालय आएका अमरजित अहिले भने खुसी हुदै फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *