आमा बाबुले जन्माएर फ़ाल्दिएका दिर्घलाई शिशिर भण्डारीले गरे सहयोग ( भिडियो हेर्नुस )

, , Leave a comment

पोखरा को फेवातालमा मागेर आफ्नो जिबन चलाइरहेका दिर्घ परियार लाइ फेरि पनि सहयोग रकम जुटेको छ। युत्युबर शिशिर भण्डारीले सहयोग रकम जुटाएका हुन्। कर्मले नै गरिब त्यस माथि पनि अपाङ्ग जन्मेका उनि सानै देखि बाराही मन्दिर पारि पट्टि फेवा किनारमा बसेर माग्दै आएका छन्। निकै अप्ठेरो जिबन सैली बिताइरहेका दिर्घ परियार सधैं भगवानसंग एउटै कुरा माग्छन् , भगवान यो जुनीमा त मलाई यस्तो बनायौं, अर्को जुनीमा चैं अरु जस्तै हिड्न, डुल्न सक्ने बनाईदेऊ है। आफ्नो यस जुनीमा पाएको दुख प्रति गुनासो छ।

सानैमा आफ्नो जीउडालका कारण बुवा आमाले जन्म दिए तर बोझ मानेर सानैमा फालिदिएको उनको गुनासो छ । तर पनि मामा ले भने उनलाई हुर्काए बढाए जिबन दिए । ३४ बर्षका दिर्घ परियारको अबस्था देखेर सिशिरको मनमा माया जाग्यो र तयार पारे भिडियो। सहयोगी मन बाट ऊथेको रकम ल्याउने र हस्तान्तरण गर्ने बाचा गर्दै भिडियो तयार पारे। त्यसको केहि समय पछि नै उनले दिर्घका लागि उठेको रकम लगेर घर पुगेर नै हस्तान्तरण गरे।

अहिले फेरि उनले दोश्रो पटक हस्तान्तरण गर्न पुगेका छन्। निकै कठिन जीवन जिउदै आएका दिर्घ ठाउंमा आफुलाई राखेर आफुलाई कल्पना समेत गर्न सकिन्न । त्यसैले होला दिर्घ आफैलाई आफ्नो जीवन बोझ मान्छन। ३ महिनाअघि बनाएको भिडियो हेरेपछि सहयोगीहरुले ३६ हजार १५० सहयोग रकम दिर्घका लागि पठाएको थियो , सोहि रकम पोखरा पुगेर उनलाई हस्तान्तरण गरिएको छ। हेर्नुस भिडियो मा

 

Leave a Reply