संचारमन्त्रीलाई कुर्न नसक्कनुको कारण बारे बोल्यो बुद्ध एयर

संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नकुरी बुद्ध एयर उडेको भन्ने विषयमा उक्त एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ । विभिन्न समाचार आएको आएसँगै बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । बुद्धले एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा संचारमन्त्री बाँस्कोटाको वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित गरेकोमो आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं. ८५७ उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो । काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्री र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।’

मौसममा खरावी आउने सम्भावनालाई मध्यनजर गरेर तुरुन्तै काठमाडौं फर्कन वाध्य भएको बुद्धले आफ्नो विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ । बुद्धको विज्ञप्तीमा भनिएको छ, मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं ।

त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो । यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधा पर्नुका साथै आर्थिक व्ययभार पनि थपिन्थ्यो।’ सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैकारण हाम्रो व्यवस्थापन निर्णय अनुसार सो उडान बाध्यात्मक कारणले राति ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडयौं र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गर्‍यो ।

बुद्धले सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व भएको भन्दै व्यवस्थापकिय निर्णय अनुसार सो उडान भरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *