पब्जी खेललाई नेपाल सरकारले लगायो प्रतिबन्ध

संसार भर हङ्गामा मचाएको अनलाइन खेल पब्जीलाइ नेपालमा प्रतिबन्ध लागेको छ। यसै खेल खेलका कारण विश्व भर हङ्गामा भैरहेको र आत्महत्या सम्मको घटना भएपछि यस खेल लाइ सरकारले प्रतिबन्ध लगाएको हो । यस अघि पनि संसारका धेरै देश हरुले यस खेललाइ प्रतिबन्ध लगाएको छ। यस खेलले जनमानस बीच पुर्याएको नकारात्मक असरका कारण नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको छ।

इन्टरनेटमा खेलिने खेल पब्जीकै कारण विश्व भर अनेक घटना भैरहेको सुनिन आएको छ। मानिसहरु यस खेल प्रति अधिक लगाब हुदा मानसिक सन्तुलन गुमाउने देखि लिएर आत्महत्या सम्मको समाचार सुन्नमा आउने क्रम जारि छ। यसै क्रममा नेपालमा समेत खेलिने गरेको यस खेलको प्रतिबन्ध लाग्नु पर्ने गुनासो समेत सुनिदै आएको थियो। पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले निर्देशन दिएको बताए ।

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको प्राधिकरणको प्रबक्ताले पुस्टि गरेका छन् । दक्षिण कोरियाली भिडियो गेम कम्पनि पब्जी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *