जागिर लगाइदिने भन्दै युवतीको शारिरीक शोषण गर्न खोज्ने व्यक्तीको पर्दाफास ( भिडियो )

फेक अकाउण्ट खोलेर फेसबुकमा कति सम्मको निच काम हुन सक्छ भन्ने कुराको खुलासा आजको सिधाकुरा जनता संग कार्यक्रम ले गरेको छ। यसरि अरुको फेक अकाउन्त खोलेर शारीरिक शोषण गर्न खोज्ने एक व्यक्तिलाई रविको टोलीले प्रहरु संग सहकार्य गरेर पक्राउ गरेको छ। रविको टोलीले स्टिंग अपरेसन गरेर प्रमाण बनाइ त्यस व्यक्तिलाई रंगेहात पकडेका हुन्। जागिर दिलाइदिने नाममा एक चेलीको शोषण गर्न खोज्ने व्यक्ति माथि अनुसंधान सुरु गरिसकेको छ।

केही समय अघि काभ्रेकी एक चेली सम्झना ( नाम परिबर्तन ) लाई प्रेक्षा शर्मा नामको फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आउछ। त्यस अकाउन्त बाट उनलाई आफू आईएनजिओको कर्मचारी भएको भन्दै परिचय गराउदै कुराकानी सुरु गर्छ अनि साथि बनाइसकेपछि आईएनजिओमा कर्मचारी आवश्यक रहेको भन्दै प्रेक्षाले जागिर दिने लोभ देखाउछ। कुराकानी बीच सम्झनालाइ जागिर बारे लोभ्याउदै बोससंग एक रात विताउनु पर्ने भन्दै अफर गरिन्छ।

उक्त फेक अकाउन्टबाट कुराकानी बीच शभ्भु खड्का आफ्नो बोस भएको भन्दै उनको नम्वर दिइ सम्पर्क गर्न लगाईन्छ । फेसबुकको साथीको हर्कत माथि संका लागेर ति युवतीले आफु माथि सारीरिक शोषण गरिन लागेको भन्दै न्युज २४को कार्यक्रम सीधाकुरा जनतासंगको सम्पर्कमा आइन्। शम्भु खड्काले पनि फोन गरेर काम लगाइदिने भन्दै भेट्न बोलाए । तुरुन्तै सिधा कुरा जनताको टोलीले प्रहरी संग सहकार्य गरि ति व्यक्तिले बोलाएको ठाउ पुगे। कमलादीको रहेको होटल कमलमा कोठा लिएर बसेका ति व्यक्तिले सम्झनालाई आफ्नो कोठामा बेलाए । सम्झना कोठामा छिर्ने वित्तिकै खड्काले जवरजस्ती गर्ने प्रयास गरे । एनजिओामा राम्रो जागिर लगाईदिने भन्दै कपडा खोल्न थालेपछि उन्ले सीधाकुराको टिमलाई सम्पर्क गरिन् र होटलको कोठा भित्र पसेर यो घटनालाई सिधा कुरा जनताले नै बाहिर ल्याएको हो ।

होटल सञ्चालका अनुसार प्रत्येक पटक होटल मा आउदा नयां नयां केटीहरु ल्याउने गरेको बताउछन् । प्रहरीले शम्भु खड्कालाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ । ति व्यक्तिको गिरोह ले नै प्रेक्षा शर्मा भनि फेसवुक फेक एकान्ट बनाएको रहेछ। त्यस फेक एकाउन्टमा प्रनिता क्षेत्री कार्कीको फोटोको दुरुपयोग गरी फेक नाम प्रयोग गरि फेक अकाउन्ट रहेछ। अहिले प्रनिताले शम्भु खड्का विरुद्ध प्रहरीमा उजुरी दिईसकेकी छिन् ।अहिले प्रहरीले यसरी धेरै चेलीहरुको शोषण गरेको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ ।

श्रोत : न्युज २४ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *