रविले यसरि बाडे खुसि, रास्कोट सामुदायिक अस्पतालको सेवा सुरु ( भिडियो )

लामो समय देखि रास्कोटमा बन्ने क्रममा रहेको रास्कोट सामुदायिक अस्पताल सुभारम्भ भएको छ। सिधा कुरा जनता संगका कार्यक्रम प्रस्तोता र पत्रकार रबि लामिछानेको नेतृत्वमा निर्माण भएको रास्कोट सामुदायिक अस्पताल स्मार्ट अस्पताल पनि रहेको छ। कर्णालीको बिकट कालिकोटमा जनताले सिटामोल सम्म खान नपाएर अकालमा ज्यान गुमाउनु परेको पीडालाई देखेका रबि लामिछानेले तेहा अस्पताल निर्माण हुनु पर्ने आफ्नो अठोट लिदै काम सुरु गरेका थिए। अब भने रास्कोटका सर्बसाधारणहरुले उपचार पाउने भएका छन्।

अस्पताल नहुदा कालिकोटका जनताले उपचार नपाउने स्थिति थियो। बिरामी परेको र उपचार गर्न परे सदरमुकाम आउनु पर्ने बाध्यता रहेको थियो। जसका कारण सर्बसाधारणहरुले अकालमै ज्यान गुमाउनु परेको थियो। अस्पताल निर्माण का लागि रविले सहयोगी मनहरु माझ सहयोग गर्न समेत आग्रह गरेका थिए। जस्पचात लाखौ रकम देश तथा विदेश बाट सहयोग संकलन भएको थियो। रबि लामिछानेले फेसबुक मार्फत अस्पताल सुभारम्भ गर्न पाएकोमा खुसि व्यक्त गरेका थिए। अस्पतालको उद्घाटन भैसकेको छ र रास्कोट सामुदायिक अस्पतालले आधारभूत उपचार समेत सुरु गरेको छ। एक्सरे,भिडियो एक्सरे, ECG लागायतका आधारभूत सेवा समेत दुर्गममा रहेको रास्कोट सामुदायिक अस्पतालमा उपलब्ध रहेको उनले फेसबुक मार्फत जानकारी दिएका छन्।

फेसबुक मार्फत रबि लामिछानेले यसरि खुसि बाडेका छन् :

आजबाट रास्कोट सामुदायिक अस्पतालले आधारभुत सेवा शुरु गरेको छ। यो खुशी शब्दमा बर्णन हुनै सक्दैन। रास्कोटबासीमा देखिएको यो उत्साह बाड्न पाएकोमा ज्यादै खुशी छौ। एक्सरे,भिडियो एक्सरे, ECG लागायतका आधारभूत सेवा यो दुर्गममा उपलब्ध छ भन्दा गर्व लाग्छ।विशेषज्ञ सहिय १४ जना डाक्टरबाट आज निशुल्क स्वस्थ्य शिबिर चल्यो।अस्पताल निर्माणमा सहयत्रा गर्न मेरा मित्र हङ्कङका Action Star ज्याकी हङपनि कालीकोट आएका छन् ।मौका छोपेर मैलेपनि स्वस्थ जाँच गराए। ब्लड प्रेसर अलिकति बडेछ, मुटु चाहिँ निकै “दह्रो” छ रे डाक्टरले भन्नुभएको।

Geplaatst door Rabi Lamichhane op Zondag 7 april 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *