कोरियन युवतीहरूको गीतले युट्युबमा तोड्यो गंगनम स्टाइलको रेकर्ड

, , Leave a comment

सबैभन्दा छोटो समयमै युट्युबमा १० करोड पटक हेरिएको गीत दक्षिण कोरियाली पप ब्याण्ड ब्ल्याक पिंकको गीत बनेको छ । सन् २०१६ मा स्थापित भएको ब्लाकपिंक ब्याण्डले तयार पारेको ‘किल दिस लभ’ गीतले साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज कमाउदै गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । कीर्तिमान रचेको गीत गंगनम स्टाइलको रेकर्ड तोड्न यस गीतले मात्र २ दिन १४ घण्टा लगाएको थियो ।

युट्युबमा अपलोड भएको २४ घण्टामै बिश्वब्यापी रुपमा हेरिएर ५ करोड ६७ लाख पटक हेरिएर यो गीतले रेकर्ड तोडेको थियो। जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ । यो ब्याण्डका सबै सदस्य महिला छन्, जिसू, जेनी, रोज र लिसा । यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक स्क्वाएर वन नामक पहिलो एल्बम यसले ल्याएको थियो । उक्त एल्बम दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो ।

 

Leave a Reply