सबैको लघुवित्त संस्थाले ५ लाख ३० हजार कित्ता आईपिओ जारी गर्दै

सबैको लघुवित्त वित्तीय संस्थाले साधारण शेयर अर्थात आइपिओ निस्कासन गर्ने भएको छ। यस संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ निस्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एक सय रुपैयाँ दरका ५ लाख ३० हजार कित्ता आईपिओमा बिक्री गर्न यस लघुवित्तले लागेको हो। यस संस्थामा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने यो आईपिओ बिक्रीपछि संस्थाको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। यस लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ।

आईपिओ निस्कासन गर्न लागेको यस संस्थालाई इक्रा नेपालले ‘इक्राएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग दिएको छ अर्थ कम्पनिको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । सबैको लघुवित्तले आइपिओ बिक्रीका लागि एनआइबीएल एस क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा मात्र एक करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *