केहि दिन देखि निरन्तर बढेको शेयर बजारमा आज फेरि गिरावट

, , Leave a comment

केही दिन देखि निरन्तर उकालो लागेको शेयर बजार आज मंगलबार ओरालो लागेको छ । धेरै लामो समय देखि राताम्य बनिरहेको बजारमा केहि दिन देखि निरन्तर हरियाली छाइरहेको थियो। धेरै समय पछि निरन्तर बढेको बजारमा लगानीकर्ता हरुले नाफा सुरक्षित गर्न थालेपछि आज मंगलबार शेयर बजार अप्रत्यासित रुपमा दोहोरो अंकले घटेको छ । बजार घटेको भएपनि कारोबार रकम उत्साहजनक रहेकोले बजारले ‘करेक्सन’ को संकेत गरेको हो ।

मंगलबार पुरा दिन बजार खुले उतारचढावको क्रम चलिरह्यो तर बजार बजार हुने सम्म आइपुग्दा बजार परिसुचक नेप्सेमा १०.५८ अंकले घटेको छ । योसँगै नेप्से ११८१.१० अंकमा बन्द भएको हो। मंगलबार १७० कम्पनीका २७ लाख ८९ हजार कित्ता शेयरहरु ७ हजार ८० पटक किनबेच हुँदा ७३ करोड ५१ लाख रुपैंयाको शेयर कारोबार भएको छ । मंगलबार पनि बजारमा वाणिज्य बैंकहरुको शेयर नै अधिक संख्यामा कारोबार भएको थियो । नेको इन्स्योरेन्सको अधिक शेयर कारोबार भएको आजको बजारमा कुमारी बैंकको संस्थापक शेयर, एनआईसी एशिया बैंक, गरिमा विकास बैंकको संस्थापक शेयर, नेपाल बैंक, एनएमबी, एनसीसी, कुमारी, प्रभु र माछापुछ्रे बैंकको धेरै रकमको शेयर किनबेच भएका छन् ।

त्यसै गरि नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको थियो। उन्नती माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, आँखुखोला हाइड्रो, रैरागं हाइड्रो, सिर्जना फाइनान्स, समता माइक्रोफाइनान्स लगायतको शेयर बढ्यो भने जोशी हाइड्रो, घलेम्दी हाइड्रो, एनएमबी माइक्रोफाइनान्स, पञ्चकन्या माइ हाइड्रो, शिवम सिमेन्ट लगायत कम्पनीको शेयर मुल्य घटेको थियो।

 

Leave a Reply