टिकटकको जुम्ल्याहा प्रिन्सी र प्रिन्सीले गरे प्रेम सम्बन्ध बारे खुलासा ( भिडियो )

, , Leave a comment

टिकटकको भिडियो बाट चर्चा कमाएका जुम्ल्याहा दिदि बहिनीले प्रेम सम्बन्ध बारेमा भिडियोमा खुलासा गरेका छन्। विभिन्न गीतको भिडियो मा अभिनय गरेर टिकटक मार्फत जुम्ल्याहा दिदी बहिनी प्रीज्मा र प्रिन्सिले चर्चा कमाए। अहिले उनीहरुलाई अन्तर्वार्ता दिन भ्याई नभ्याई छ। उनीहरुलाई अहिले धेरैले माया गर्छु भनेर प्रपोज गर्ने गरेको समेत खुलाएका छन् । भर्खर केहि समय अघि मात्र शिशिर भण्डारीको नया गीत ‘हाम्रो माया जिन्दावाद ‘ बोलको म्युजिक भिडियोमा समेत यी जुम्ल्याहा दीदि बहिनी अभिनय गरेका थिए।

टिकटककै कारण यी दिदिबहिनि रातारात सेलिब्रिटी बने र चर्चित बने। उनीहरुले चर्चित हास्य कार्यक्रम भद्रगोल मा समेत अभिनय गर्ने मौका पाए। टिकटकबाटै पाएको चर्चाका कारण उनीहरुलाई अहिले म्युजिक भिडियो र फिल्म खेल्न अफर आएको छ । छोटो भिडियो बनाएर सेयर गरिने टिकटक एप कै कारण उनीहरुले यति धेरै चर्चित हुने मौका पाए। भर्खरको नया पुस्ता बीच बढी लोकप्रिय बनेको टिकटकमा ट्वीन्स अर्थात् जुम्ल्याहाहरूको भिडियो बढी लोकप्रिय हुने गरेको भेटिएको छ । नेपाली टिकटक म्युजर्समा प्रिस्मा र प्रिन्सी खतिवडा अर्थात् ट्वीनी गर्ल, ड्याजलिङ ट्वीन्स, निकी–निकिताजस्ता ट्वीन्स चर्चित छन् । जुम्ल्याहा दिदिबहिनी ‘प्रीज्मा’ र ‘प्रीन्सी’ सङ्गै गरिएको कुराकानि

 

Leave a Reply