आँधी पिडितहरुका लागि धुर्मुस राहत सहयोग लिएर हस्तान्तरण गर्न पुगे

, , Leave a comment

बारा पर्सामा आएको भिषण हावाहुरीका कारण पिडामा परेको सर्बसाधारणका लागि भनेर धुर्मुस राहत सामग्री लिएर पुगेका छन्। धुर्मुसले हावाहुरीले प्रभावित भनेको बारा जिल्ला ४ सय परिवारका लागि आफ्नो फाउण्डेशन मार्फत चामल, त्रिपाल र चाउचाउ लगेर वितरण गरेका छन्। यस अघि पनि यस्ता धेरै प्राकृतिक प्रकोप को समयमा पुगेर उद्दार र राहत गरिसकेका छन्। धुर्मुस ले फेसबुकमा लेखेका छन् : बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरियो ।

धुर्मुस सिताराम कट्टेल आफ्नो टोलि सहित बारा पर्सा तर्फ लागेका थिए । बिपत को घडीमा सहयोग गर्ने र उद्दार गर्नका लागि भनेर बारा पुगेका धुर्मुसले सहयोग गर्न यस अघि नै सबैलाई फेसबुक मार्फत अपिल गरेका थिए । धुर्मुसले आफ्नो फेसबुक मार्फत सहयोग राहत को सामग्री लिएर पुगेको तस्बिर सहित फेसबुकमा देखिएका छन्। आइतबार साझ अचानक आएको हावाहुरीका कारण बारा र पर्सामा कयौ व्यक्तिहरुको ज्यान गएको छ, हावाहुरीकै पर्सा र बारामा विद्युत अवरुद्ध हुनुका साथै विजुलीको पोल ढलेको छ भने विद्युतअवरुद्ध भएको स्थानीयहरुले बताएका छन्। प्रहरीको उद्धार टोली स्थानीयलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिहरेका छन्।यस्तै हावाहुरीले बाराको कयौ स्थानहरुमा दर्जन घरहरु भत्किएका छन् ।

बिपतको घडीमा सामाजिक सञ्जाल मार्फत कलाकार, नेता, शिक्षक, पत्रकार, विद्यार्थी संगठन देखि सर्वसाधारण सबैले बाराबासीहरुलाई सहयोग गर्न अपिल गरेका छन् । यसै क्रममा रबि लामिछानेको टोलि पनि उद्दार र सहयोग गर्नका लागि डाक्टर सहितको टोलि बारा पर्सा तर्फा लागेका छन्।

 

Leave a Reply