सहयोग र उद्धारका लागि रविको टोलि खटिदै, बिपत्तिमा एकजुट हुदै दिए यस्तो जानकारी

नेपालकै चर्चित कार्यक्रम प्रस्तोता र पत्रकार रबि लामिछाने सहितको टिम नेपालको बारा पर्सा तर्फ लागेका छन्। बिपत को घडीमा सहयोग गर्ने र उद्दार गर्नका लागि भनेर रबि सहितको टोलि बारा पर्सा लागेको रबि लामिछानेले आफ्नो फेसबुक मार्फत सबैलाई जानकारी गराएका छन्। रबि लामिछानेको सहयोग र उद्दारको टोलीमा डाक्टर हरु समेत सहभागी छन्। बिपत्तिमा एकजुट हुन हाम्रो टिम बारा, पर्सा तर्फ लाग्दैछ। रिपोर्टिङ मात्र होइन राहत उद्धारमा समेत सहयोग गर्न हामी डाक्टर सहित जादैछौ। केही बेरमा लाईभ आउने छु भन्दै रविले फेसबुकमा लेखेका छन्।

न्युज २४ नेपालमा सिधा कुरा जनता संग कार्यक्रम चलाई जनताको सुख दुखमा साथ् दिदै आएका रबि लामिछाने ले बारा पर्सामा भएको ब्यापक जनधनको क्षतिमा सहयोग र उद्दार गर्न गएका हुन्। यस अघि पनि उद्दार र सहयोगका लागि ठाउ ठाउ मा पुग्ने गरेका रबि यस पटक हावा हुरीले ब्यापक जनधनको क्षति गरेपछि उद्दार र रिपोर्टिंग गर्न पुगेका हुन्।आइतबार साझ अचानक आएको हावाहुरीका कारण बारा र पर्सामा कयौ व्यक्तिहरुको ज्यान गएको छ, हावाहुरीकै पर्सा र बारामा विद्युत अवरुद्ध हुनुका साथै विजुलीको पोल ढलेको छ भने विद्युतअवरुद्ध भएको स्थानीयहरुले बताएका छन्। प्रहरीको उद्धार टोली स्थानीयलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिहरेका छन्।यस्तै हावाहुरीले बाराको कयौ स्थानहरुमा दर्जन घरहरु भत्किएका छन् ।

बिपतको घडीमा सामाजिक सञ्जाल मार्फत कलाकार, नेता, शिक्षक, पत्रकार, विद्यार्थी संगठन देखि सर्वसाधारण सबैले बाराबासीहरुलाई सहयोग गर्न अपिल गरेका छन् । यसै क्रममा रबि लामिछानेको टोलि पनि उद्दार र सहयोग गर्नका लागि डाक्टर सहितको टोलि बारा पर्सा तर्फा लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *