पत्रकार अपिल त्रिपाठीले गरे छड्के , घुस लिने कर्मचारी रंगेहात पक्राउ ( भिडियो सहित )

पोखरा का पत्रकार अपिल त्रिपाठीले गरेको छड्केमा रंगेहात कर्मचारीलाई घुस लिदालिदै पक्राउ परेका छन्। पोखरा महानगरको नक्सा साखामा खटिएका कर्मचारीले एउटा फाइल खोजेको ६ हजार घुस मागेका थिए। सेवाग्राहिले आफ्नो फाइल खोजिदिन आग्रह गरेपछि उनले घुस मागेका थिए। सेवाग्राहीले पनि घुस दिने बहानामा बोलाएर गण्डकी टिभीका पत्रकार संग सम्पर्क गरेर पक्राउ गर्न र रंगेहात समाउन सहायता लिएका थिए। पत्रकार संग पुगेका उनलाई पोखरा को न्युरोड स्थित कर्मचारीले बोलाएका थिए सेवाग्राही पनि त्यहि पुगेर उनलाई पैसा दिएर रंगेहात समाएका थिए।

 

सधै सामाजिक मामलामा आफुलाई उभ्याएर देश र समाजका लागि बोल्दै र गर्दै आएका पत्रकार अपिल त्रिपाठीको यो अर्को खुलासा हो। यस्तो धेरै खुलासा यस अघि अपिल त्रिपाठीले गरि सकेका छन्। नेपालमा जनताको लागि र घुसखोरी बिरुद्ध रबि लामिछाने जस्तै गरि अपिल त्रिपाठी समेत लड्दै आएका छन्। पोखराको लोकल टीभी गोल्डन आइ टेलिभिजनका लागि काम गर्दै अपिल त्रिपाठीले यसरि नै सामाजिक कुरामा आफ्नो आवाज उठाउदै आएका छन्। यसरि समातिएका कर्माचारिलाई कारबाही हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *