अनमोलको ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्बजनिक, अनमोल र सुहानाको जोडी ( भिडियो सहित )

, , Leave a comment

अनमोल केसीको नया चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ । युबा जमात बीच निकै लोकप्रिय बनेका नेपाली नायक अनमोल केसीको यो नया चलचित्र हो। यस चलचित्रमा अनमोल लाइ झरना थापाकि सुपुत्री सुहाना थापाले साथ् दिएकि छिन। ‘ए मेरो हजुर ‘ को सिक्वेल चलचित्र हो यो। यो चलचित्रको ट्रेलर लाइ आज युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यस चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतको अभिनय देख्न सकिन्छ।

चलचित्रको ट्रेलरमा देखाईए अनुसार अनमोल केसीको २ फरक गेटअप देख्न सकिन्छ । एकातिर अनमोललाई सोझो यूवाको भूमिकामा देखाइएको छ भने अर्कोतिर उनलाई स्टार गायकको भूमिकामा प्रस्तुत गराइएको छ । नायिका सुहाना थापाको पहिलो चलचित्र रहेपनि उनको अभिनय पहिलो पटक फिल्म मा अभिनय गरेको जस्तो लाग्दैन । सुनिलकुमार थापाको लगानीमा बनेको यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन ।

यस अघि यसै फिल्मको ‘परान परान ‘ भन्ने गीतले युट्युबमा रेकर्ड राख्दै निकै चर्चित बनेको थियो। चैत्र २९ गतेबाट यो चलचित्र देश भर रिलिज हुने भएको छ।

 

Leave a Reply