सागर आलेको नया सालैजो गीत ‘ रोधिमा आको ‘ सार्बजनिक ( हेर्नुस भिडियोमा )

नेपाल आइडल सिजन १ का चर्चित गायक सागर आलेको स्वर जति मिठो छ चर्चा पनि उत्तिकै छ। मिठो स्वर का धनि सागरले अहिले पनि धेरै गीत गाइरहेका छन्। नेपाल आइडल १ का गायकहरु गुमनाम भैसक्दा समेत सागरको चर्चा सेलाएको छैन। नेपालको चर्चित रियालिटी शो नेपाल आइडलमा भोटिंगका कारण बिजेता बन्न नसकेपनि चौथो बनेका सागर आलेको ब्यतता र चर्चा कम भने निरन्तर छ। यसै क्रममा सागरको स्वरमा नया सालैजो गीत बजारमा आएको छ। सागर आलेको स्वरमा सजिएको रोधिमा आको बोलको सालैजो गीत बजारमा आएको हो

गीत संगीतको काम लाइ सहज बनाउन काठमान्डौ बस्न सागर आफ्नो दाजु साजन आले संगै काठमाडौंमै बस्दै आएका छन् । चितवनमा घर समेत बनाइसकेका सागरको कहिले काही मात्र मिडियामा देखिने गर्छन। सागर आलेको स्वरमा बजारमा आएको यस गीतमा सर्मिला गुरुंगले साथ् दिएका छन् भने रत्न मगरले संगीत् भरेका छन्। यो गीतको सब्द रत्न मगर र सम्झना थापा मगरले रचेका छन्। रोधिमा आको बोलको सालैजो गीत लाइ याम गुरुङले निर्देशन गरेका हुन्।

देश तथा बिदेशमा कार्यक्रममा अत्याधिक ब्यस्त रहेका गायकमा पर्ने सगर पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त बनेका छन् । कहिले काही मात्र आफ्नो जन्म भर चितवन पुग्ने सागर आले अधिकांस समय काठमाडौँमा नै रहने र आफ्नो कर्मथलो बनाउने गरेका छन्। पछिल्लो १ बर्षमा उनी संसारका १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै सिलसिलामा पुगिसकेका छन् । बिशेष गरि लोक र पप मा धेरै राम्रो दख्खल राख्ने उनको डिमाण्ड निकै धेरै रहेको छ ।अहिलेको समयमा आफ्नो गीत संगीतको कामको साथै व्यवसायका लागि काठमाडौंको ठमेलमा आफ्नै रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *