करेन्ट लागेर हात र खुट्टा गुमाएका कृष्ण ओली उपचारका लागि पुगे विदेश

करेन्ट लागेर आफ्नो दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको उपचार भैरहेको छ। उनि आफ्नो उपचारको लागि उनि नेपाल बाहिर गएका छन। रुकुमको सानोभेरी गाउँपालिका मा जन्मिएका कृष्ण ओली दुर्घटना हुदा सम्म विद्युत प्राविधिकका रुपमा काम गर्दै आएका थिए। बिजुली मारेर काम गर्दै गरेका उनलाई एक व्यक्तिले गरेको गल्तीले उनले जिबन भरका लागि हात र खुट्टा गुमाउनु परेको थियो। मनकारी दाजुभाइ दिदीबहिनीले गरेको सहयोग कै कारण उनि हात र खुट्टा लगाउने आसामा रहेका छन्।

आफ्नो श्रीमती रूपालाई स्टाफ नर्स बनाउँछु भनेर बिधुत प्राबिधिकका रुपमा काम गर्दै आएका कृष्ण ओलीले दुर्घटनामा परेर हात खुट्टा गुमाएपछि जिबन दर्दनाक बनेको थियो। केहि गरौ , भनेर कयौं सपना बोकेका कृष्ण र रुपाको जिबनमा सायद कसैले नसोचेको यो बज्रपात आई परेको छ। १ वर्ष अघि मात्र प्रेम विवाह गरेका उनीहरुको जिबनमा पहिलो बिबाहको बार्षिकोत्सब मनाउने तयारीमा रहदा यस्तो दुखद घटना भएको थियो। भविष्यका लागि धेरै सपनाहरु देखेका थिए तर त्यो सपनामा एकाएक बज्रपात आईपरेको छ।

२१ वर्षीय कृष्ण विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्‍यो । उनको उपचारको लागि करोड बढीको रकम सहयोग संकलन भएको थियो। अहिले उनि थप उपचारको लागि कृष्ण ओली र रुपा ओली भारतको मुम्बई गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *