अशक्त नीलमणिले रविलाई हस्तान्तरण गरे यति धेरै रकम, हेर्नुस मार्मिक भिडियो सहित

, , Leave a comment

नेपालको पत्रकारिता जगत मा आफ्नो छुट्टै नाम बनाएका र जनताको मनमा बस्न सफल बनेका रबि लामिछानेको चर्चा सधै उस्तै छ। सिधा कुरा जनता कार्यक्रम मार्फत प्रस्तुत हुने रविले नेपाली जनता को लागि काम त गर्दै आएकै छन् सामाजिक काममा समेत आफ्नो दरिलो प्रस्तुति जनाएका छन्। न्युज २४ नेपालका लागि काम गर्दै आएका रविले सामाजिक काम अंतर्गत् यस अघि बाढी पीडितका लागि न्युज २४ को संयोजकत्वमा नमुना बस्ति तयार पारि हस्तान्तरण गरि सकेको छ। अहिले कालिकोटको दुर्गम रास्कोटमा तेहाको जनताको लाइ सामुदायिक अस्पताल निर्माण गर्ने प्रक्रियामा छन्। रबि लामिछाने फाउन्डेसनले निर्माण गर्न लागेको यस अस्पतालका लागि सहयोग रकम जुटिरहेको छ।

यसै प्रसंगमा रबि लामिछाने र लोक दोहरी गायक स्कटनेपाल प्रोस्तोता नीलमणि भण्डारीको भेट भएको छ । अस्पताल निर्माण सहयोग रकम हस्तान्तरण गर्नका लागि नीलमणिले रबि लाइ भेटेका हुन्। न्युज २४ को कार्यालय मै पुगेर उनले सहयोग रकम हस्तान्तरण गरेका हुन्। कला र गलाका धनी एक कुशल गायक समेत हुन् तर शारीरिक रुपमा अशक्त उनको हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। भोजपुरमा जन्मिएका नीलमणि भण्डारी गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका थिए।

उनले राष्कोट सामुदायिक अस्पताल निर्माणमा रवि लामिछाने कदमलाई होस्टेमा हैंसे गर्दै साउदी अरेवियाको All Khaldi Compani Group मा कार्यरत आदरणीय दाजु बिष्णु अधिकारी ज्यू को अभियानमा उठेको रु,५०,६५६|- पचास हजार छ सय छपन्न रुपैयाँ रकममा आफ्नो ब्यक्तिगत तर्फबाट रु,१०,००१|- जम्मा ६०,६५७|- साठी हजार छ सय सन्तावन्न रुपैयाँ रकम न्युज २४ नेपलको कार्यालयमा पुगेर हस्तान्तरण गरेका थिए। आत्मा साक्षी राखी मन् वचन् र कर्मले सेवा गरौँ, मानव सेवा नै माधव सेवा हो भन्ने यो सत्य वचनलाई आत्मासाथ गर्दै अघि बढिरहेको बताउछन।

 

Leave a Reply