जापान रोजगारीका लागि अब केहि दिनमै समझदारीमा हस्ताक्षर हुने

, , Leave a comment

नेपालीहरुको आकर्षणको केन्द्र बनेको जापानमा नेपाली कामदार लैजाने प्रक्रियाको सुरुवात हुदै छ । सरकारी तबर बाटै सुरु भएको कामदार लैजाने प्रक्रियाले आकार लिन लागेको हो। अब केही दिनमै नेपाली कामदारलाइ रोजगारीको लागि जापान लैजाने विषयमा नेपाल र जापानबीच समझदारी हुने भएको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

मन्त्रालयका एक अधिकारीले सम्भवतः सोमबार दाहाल र जापानी राजदूतबीच कामदार पठाउने विषयमा हस्ताक्षर हुने बताए । ‘सोमबार दुई देशबीच कामदार पठाउने विषयमा हस्ताक्षर गर्ने तयारी गरेका छौँ,’ ती अधिकारीले भने,‘हाम्रो योजना अनुसार काम अघि बढ्यो भने सोमबार नत्र त्यसको केही दिनपछि समझदारीमा हस्ताक्षर हुन्छ ।’ नेपाली हरुको बिशेष रुचि रहेको जापानको रोजगारी खुले नेपालको अर्थतन्त्रमा थप टेवा पुग्ने पक्का छ। रोजगारीका अवसर खोजिरहेको र अनुभब भएका तर अवसर नपाएका हरुका लागि पनि जापानको रोजगारी निकै फलदायी हुनेछ।

 

Leave a Reply