एसइइ तयारीमा ६७ बर्षकी युगमाया, रबि लामिछाने संग बिशेष अन्तर्वार्ता ( भिडियो )

स्कुलका लागि आइरन गेट मानिने एसइइ परिक्षा पासका लागि तयारीमा रहेकी छिन ६७ बर्षकी आमा युग माया कार्की। पढ्ने उमेर भए पढ्न कुनै उमेर हुदैन भन्ने यी आमा ले प्रमाणित गरेर देखाएकी छिन्। आठ जना छोराछोरीका ६७ बर्षकी आमा ले एसइइ परिक्षा दिनु आफैमा आस्चर्यजनक छ। रबि लामिछानेले यी आमालाई कार्यक्रममा आमन्त्रण गरेर परीक्षाको तयारीका बारेमा जानकारी लिएका थिए। यी आमाले पनि आफु एसइइ तयारि मा रहेको बताइन। भोलि देखि सुरु हुने एसइई परिक्षा मा उहा भोलि देखि भाग लिने तयारीमा छिन्।

नेपाली भासामा पढाई गर्दै आएकी यी आमालाई बिज्ञान त गणित बढी गाह्रो लाग्ने बिषय मा पर्छ। रबि लामिछानेले पनि यी आमालाई कार्यक्रममा बोलाएर यस्तै आफ्नो पढ्ने इच्छ भएका तर आट नगरेका सबैलाई प्रेरणा मिलोस भनेर अन्तर्वार्ता लिएका थिए। एसइइ तयारीमा रहेकी यी आमालाई उहाका छोराछोरीले पढ्न सघाउने समेत बताइन। उहा लाइ पनि परिक्षाको सफलताको सुभकामना। बाकि हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *