रबि लामिछानेको अभियानलाई आयो यति ठुलो सहयोग ( भिडियो सहित )

, , Leave a comment

सिधा कुरा जनता कार्यक्रम का संचालक तथा प्रस्तोता रबि लामिछानेलाई रास्कोट अस्पताल निर्माणका लागि फेरि पनि ठुलो सहयोग रकम हस्तान्तरण भएको छ। रबि लामिछाने फाउन्डेसनले निर्माण गर्न लागेको नेपाल कै दुर्गम कर्नालि को रास्कोटमा १५ सैयाको सामुदायिक अस्पताललाइ यो सहयोग रकम जुटेको हो। कर्णालीको बिकटमा जनताले उपचार नपाएर मर्नु परेको भन्दै रबि लामिछानेले अस्पताल बनाउने घोषणा गरेका थिए। अस्पताल निर्माण को घोषणा संगै विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्दै आएका छन्।

नेपालकै विकट जिल्ला भनेर चिनिने कालिकोटमा अझै पनि सिटामोल सम्म खान नपाएर मर्न पर्ने स्थिति छ। यसै परिस्थितिलाई मध्ये नजर राख्दै रास्कोटमा रबि लामिछानेले यस्तो घोषणा गरे जसको लागि जनताले मन खोलेर सहयोग गरेका छन्। यस अस्पतालको लागी सहयोगी मनहरुले मनदेखि सहयोग गरे जस बापत पाँच लाख पचिस हजार उनान्नब्बे रुपिया सहयोग रकम संकलन भएको थियो। यो रकम रबि लामिछानेलाई हस्तान्तरण गर्दै सहयोगी मनहरुले अस्पताल निर्माण हुनु पर्नेमा जोड दिए।

रबि लामिछानेले पनि सहयोग गर्ने र आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यबाद दिए। सिधा कुरा जनताको कार्यालयमै पुगेर सहयोगी मनले गरेको सहयोग रकम हस्तान्तरण गरिएको थियो। अब भने रास्कोट को गरिब तथा विपन्न परिवारका बिरामीहरुले नया जिवन पाउनेमा ढुक्क हुदै हार्दिक नमन तथा आभार प्रकट गरे।

 

Leave a Reply