अरबपति मुकेश अम्बानीले भाइको ऋण तिरीदिए , अनिललाई जेल जानबाट बचाए

, , Leave a comment

भारतका सबैभन्दा धनि ब्यापारी मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । पछिल्लो समय समस्यामा परेका रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीको मुकेशले ऋण तिरेर बचाएका हुन्। एकै परिवारका यी दाजु भाइ बीच व्यापारिक प्रतिस्पर्धा थियो नै आपसी कलह समेत रहेको थियो। अनिल अम्बानीको ७.७ करोड डलरको ऋण एरिक्सनलाई तोकिएको सीमाभित्र तिरिदिएका थिए। यदि यो ऋण नतिरिदिएका भए अनिल अम्बानि जेल जानु पर्ने हुन्थ्यो ।

यसअघि अनिल अम्बानीले अदालतले आदेश दिँदा दिँदै पनि भुक्तानी गर्न सकिरहेका थिएनन् र यसपटक अदालतको मानहानीमा जेल जानुपर्ने खतरा देखिएको थियो । यद्यपी, यसपटक दाइ मुकेश अम्बानीले बचाए । सर्वोच्च अदालतले गरेको निर्णय अनुसार अनिल अम्बानीले एरिक्सनलाई ७.७ करोड डलर भुक्तानी तिर्न लगातार ढिलाइ गरेको भनेर अनिल अम्बानीलाई अदालतको मानहानी गरेको दोषी मानिएको थियो। जसका लागि उनलाई जेल सम्म जान पर्ने हुन् सक्थ्यो।

एक आपसमा प्रतिद्वन्दी हुदा हुदै पनि मुकेशले अनिलको बक्यौता रकम तिर्न मद्दत गरेका थिए। जसका लागि अनिलले आफ्नो दाइ मुकेश र भाउजु निता अम्बानीलाइ धन्यवाद दिँदै एक बयान जारी गरेका छन् । यो बयानमा लेखिएको छ, ‘मुश्किल समयमा मैले आफ्नो परिवारबाट सहयोग पाएँ । यसले हाम्रो परिवारको बलियो मूल्यलाई दर्साउँछ । जतिबेला मलाई सबैभन्दा धेरै मद्दतको खाँचो थियो, मेरो परिवारले मलाई साथ दियो ।’

अनिल अम्बानीले लेखेका छन्, ‘हामी अतितबाट बाहिर निस्किएका छौं, यो कुराका लागि म र मेरो परिवार निकै आभारी छ । यो मद्दतका लागि मनैदेखि आभार प्रकट गर्छु ।’

 

Leave a Reply