नायक आर्यन सिग्देल पिता बन्दै , सार्बजनिक गरियो यस्तो तस्बिर

केहि समय अघिका चर्चित नायक आर्यन सिग्देल पिता तरखरमा छन् । आर्यनको श्रीमती सपना भण्डारीले सन्तान जन्माउने भएकी छिन। अर्को नया साल २०७६ मा उनीहरुले आफ्नो पहिलो सन्तानको जन्म दिन लागेका हुन् । बिबाह गरेको ५ वर्षपछि उनीहरुले सन्तानलाई जन्म दिन लागेका हुन् । नायक आर्यन सिग्देल र सपना निकै खुसि हुदै फोटोसेसन गराएका छन्।

सपनाले आइतबार आफ्नो फेसबुकमा पोस्ट गरेको तस्बिरमा ‘बेबी बम्प’ देख्न सकिन्छ। तस्बिरहरु सार्बजनिक गर्दै उनीहरुले आफ्नो सन्तान नयाँ वर्ष २०७६ मा जन्मिने लेखेका छन् । निकै खुसीमा मुद्रामा देखिएका उनीहरु सार्वजनिक तस्विरमा आर्यन र सपना निकै रोमान्टिक बनेका छन् । सान्तान जन्मिन लागेकोमा उनीहरु निकै खुसी देखिएका छन् ।

एक तस्विरमा आर्यनले क्लाप बोर्डमा ‘रिलिजिङ न्यु इयर’ लेखेका छन् । कतै सपनालाई चुम्बन गरिरहेका आर्यनले एक तस्विरमा त बच्चा बोकेको जस्तो पनि गरेका छन् । आर्यन र सपनाको यो रोमान्टिक तस्बिरले उनीहरुको खुशी व्यक्त गर्दैछ । नायक आर्यन सिग्देल अहिले चलचित्र ‘चच हुई’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन पश्चात आर्यनले सपनालाई पुरा समय दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *