लोडसेडिंग अन्त्य गरि लोकप्रिय बनेका कुलमान घिसिङलाइ अमेरिकामा सम्मान

नेपालमा दशकौ देखि चलिआएको लोडसेडिंग अन्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अमेरिकामा सम्मानित भएका छन्। कुलमानलाइ अमेरिकाबासी नेपालीहरुबाट सम्मान दिएको हो । नेपाली सर्बसाधारण हरु बर्षौ देखि लोद्शेडीङ्गबाट पिडित थिए। नेपाल विद्युत प्राधिकरणको प्रमुख बनेलगत्तै लोडसेडिङ हटाउने काममा लागेका कुलमान ले लोड्शेडिङ्गको अन्त्य गरि छाडे। त्यसपछि लोकप्रिय बनेका घिसिङलाई समय समयमा सम्मान दिईदै आएको छ। यस पटक  नेपालमा लोडसेडिङ अन्त्य गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरुले सम्मान गरेका हुन्।

‘माउण्ट एभरेष्ट वे’ घोषणासभा कार्यक्रममा सहभागी भएका घिसिङलाई नेपालीहरुले लाइन बसेर खादा ओडाई सम्मान गरे। घिसिङलाई नेपालका लागि अमेरिकी राजदूत डाक्टर अर्जुन कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले पनि लाइन बसी सम्मान गरे। आफुलाई यसरि दिएको सम्मानले आगामी दिनमा थप काम गर्ने प्रेरणा मिलेको कुलमान घिसिङ्गले बताए। वल्ड बैंकको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका कुलमान घिसिङ्गलाइ अमेरिका बासि नेपाली हरुले सम्मान गरेको हो।

विश्वकै उत्कृष्ट शहर न्यूयोर्कमा २४ सै घण्टा वितरण हुने विद्युतको प्रक्रियाको समेत अबलोकन गरे। अनौपचारिक भेटघाटका लागि न्यूयोर्क आएका घिसिङलाई यहाँका संघ सस्थाले औपचारिक सम्मान गरे। केही दिनको भेटघाट र घुमफिरपछि उनी नेपाल फकर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *