नेपालका बालगायक प्रितम आचार्यले मचाए धुम, जजले नाच्दै दिए फुल स्कोर ( भिडियो )

भारतको चर्चित गायन रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका प्रितम आचार्यले यस हप्ता पनि धमाका मच्चाएका छन्। भारतको चर्चित जिटिभीबाट प्रसारण हुँदै आएको यस कार्यक्रममा आज इटहरीका बाल गायक प्रितम आचार्यले आफ्नो गायक कलाकै कारण स्टेजमा आगो लगाइदिएका छन्। उनको गीतमा सबैले नाचेर गाएर साथ् दिए भने जज्ले उठेर तालि बजाउदै प्रसंसा गरे तेती मात्रहैन उनले १०० प्रतिसत सबै अंक पाए। दमदार प्रस्तुती दिएका उनको गीतमा सबैले झुमेर नाचे ।

प्रितमले आज प्रसारण भएको कार्यक्रममा “रंग दे बसन्ती” गीत गाएका थिए । टप १५ मा प्रवेश गर्दै अघि बढिरहेका प्रितम एक पछि अर्काे गर्दे धमाकेदार प्रस्तुती दिदै सबैलाई अचम्मित बनाइरहेका छन्। आजको उनको उत्क्रित प्रदर्शन पछि जुरीहरुले सय प्रतिशत नम्बर दिए ।आजको प्रस्तुति प्रितमको लागि चार्टबस्टर रह्यो । जजहरु सान , ऋचा शर्मा र अमाल मलिकले मुक्तकण्ठले प्रशंसा गरे भने कार्यक्रममा अतिथीकोरुपमा उपस्थित भएका गायक तथा संगितकार डब्बु मलिक भने प्रितमको प्रस्तुती देखेर दंग परेका थिए प्रितमको गायन देखेर उनी छक्क थिए । उनले पनि मन खोलेर प्रितमको प्रशंसा गरे । प्रितमले अडिसन राउण्डदेखि एक पछि अर्काे गर्दे उत्कृष्ट प्रस्तुती दिँदै आएका छन् ।भारतमा यतिबेला देशभक्तीकै माहोल भईरहेको कारण प्रितमले यसअघि पनि गाएको गीत “सन्देशा आते है” निकै चर्चामा रह्यो ।उनले गाएको सो गीतको प्रशंसा बलिउडका चर्चित नायकहरुले पनि गरेका थिए ।

आजको कार्यक्रममा उनले सोही गीत थोरै दोहो¥याएर गाएका थिए । भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् । यसै गरि अर्का बाल गायक आयुष केसीले भोलि प्रस्तुति दिनेछन। हेर्नुस भिडियोमा

Geplaatst door Mero Kale op Zaterdag 9 maart 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *