सिधा कुराको प्रभाब : लिबियामा बन्धक बनेका रामबहादुरका छोराको उद्दार, ३ हप्तामै नेपालमा ( भिडियो )

लिवियामा बन्दक बनेको दाङका कुलबहादुर खत्री उद्धार भइ नेपाल फर्केका छन् । लिवियामा बन्दक बनेका आफ्नो छोराको उद्धार गरिदिनुस् भन्दै कार्यक्रमको ३३७ आँै श्रृङखलामा हाल कतारमा रहेको दाङका रामबहादुर खत्री लाइभमा गुनासो गरेका थिए ।५ महिना अघि दुवईको बाटो हुँदै गएको छोरालाई लिवियामा बन्द बनाएको र जेलबाट निस्किएको एक विदेशी मार्फत छोराले पत्र पठाएको बताएका थिए ।यसपछि हामीले लिविया हेर्ने इजिप्ट स्थित नेपाली दुतावासलाई जानकारी गराएका थियाँै ।

इजिप्ट स्थित नेपाली राजदुत झपिन्द्र प्रसाद अर्यालसँग कुरा गरेका थियाँै । अर्यालले तत्कालै विभिन्न अन्तराष्ट्रिय संघसंस्थामा मार्फत उद्धार गर्ने बताएका थिए ।हामीले रिपोर्ट प्रशारण गरेको ३ सातामा अहिले उनी नेपाल आएका छन् । यता प्रहरी कार्यालय भित्रै प्रह री अधिकारीकै अगाडि ५० वर्षीया चिनीमायां अधिकारी माथि कुटपिट हुदा पनि प्रहरीले निवेदन लिन मानेन । तर प्रहरीले उनीमाथि अन्याय ग¥यो । खासमा चिनीमांयाकी बुहारी भागिरती डांगर नेपाल प्रहरी अस्पतालमा नर्स हुन्, प्रहरीमा उनको पद सइको हो।भा गिरतीको आफ्नो श्रीमान प्रदिप प्याकुरेलसँग कुरा नमिलेपछि झगडा सुरु भयो ।

भागिरती प्रत्येक पटक घरमा आउदा प्रहरी ल्याएर आउने भएपछि परिवारका सदस्यहरुले भिडियो खिचे । उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि यो विषय अपराध महाशाखामा पुग्यो । प्रहरी कार्यालय भित्रै चलेको छलफलमा भागिरतीले चिनीमायालाई कुटपिट गरिन् ।चिनीमायांको कुरा सुनेपछि हामी टेकुको प्रहरी कार्यालयमा पुग्यो । प्रहरी अधिकृतनै भागिरतीले प्रहरी कार्यालय भित्र कुटपिट गरेको स्विकार्छन्।यति मात्र होईन चिनीमायांले आफूलाई कुटपिट गरेको भनि घटनास्थल टेकुकै निवेदन दिइन्, तर प्रहरीले निवेदन लिएन, आफ्नै अघि कुटपिट हुदा पनि प्रहरीले निवेदन नलिएपछि चिनीमायांलाई प्रहरीसंगको विश्वास उठ्यो ।

तैपनि छोराले भनेपछि कालीमाटी महिला सेल, बलाजु प्रहरी अनि भागिरती कार्यरत प्रहरी अस्पताल पुगे कही सुनवाई भएन । भागिरतीका श्रीमान प्रदिप प्याकुरेलका अनुसार भागिरती २ महिना पनि उनको घरमा बसिनन् । तर पछि पटक–पटक ८० लाख रुपैया दिए अदालत नजाने भन्दै बार्गेनिङ गरेकी रहेछिन् । हामीले यस विषयमा भागिरतीसंग कुरा गर्न खोज्दा उनले कुरै गर्न मानिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *