पाकिस्तानकि छोरी , नेपालकी बुहारी ! सजिइन बेहुलीको ड्रेसमा ! आम्ना रिसाउदा सुदिन फ़काउने ( भिडियो )

मानिस प्रेममा परेपछि कुनै जात धर्म सम्प्रदाय र देश ले समेत फरक पार्दैन। एक आपासमा सहि र साचो प्रेम छ भने उनीहरु यी सबै बाधा बन्धनलाई तोडेर एक हुन्छन भन्ने धेरै उदाहरण छन् यस्तै एक उदाहरण बनेको छ अहिले सुदिन आचार्य र आम्ना सफिक। नेपालका सुदिन आचार्य र पाकिस्तानकी आम्ना सफिक एक आपसमा बिल्कुल फरक हुदा समेत साचो प्रेमकै कारण एक मात्र भएनन् उदाहरनिय जोडी समेत बनेका छन्।

फरक जात, धर्म र देशका बीचका विवाहको पुरानो चलन तोड्दै बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ ।सामाजिक संजाल बात बसेको प्रेम पछि बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । उनि हरुको दुई फरक देश मात्र होइन धार्मिक हिसाबले समेत उनीहरु बिल्कुल फरक छन्। केटा आचार्य अर्थात् हिन्दु र केटि सफिक अर्थात् मुस्लिम हुन् । पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।

दुई वर्षअघि चिनजान भएका उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दाझैं बोल्न, लेख्न सक्ने भएपछि उनले आइतबार अदालत पुगेर विवाह गरेकी हुन् । उनीहरु संग समाचारपाटीले रमाइलो कुराकानी गरेको छ, हेर्नुहोस यो भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *