भरतमोहन अधिकारीको निधन ! रहेनन् बृद्ध भत्ता दिने नेता

नेपालका नेकपाका नेता, पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिमार रहेका नेता अधिकारीको ८२ वर्षको उमेरमा आज शनिबार बेलुकी ९ बजेर ३५ मिनेटको समयमा निधान भएको हो। उपचारकै क्रममा उनको निधन ह्याम्स अस्पतालमा भएको थियो । सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिएका नेता भरतमोहन नेपाल कम्युनिष्ट पार्टीका नेता थिए।

१६ वर्षको उमेर देखिनै राजनीतिमा सक्रिय भै राजनीतिमा होमिदै आएका थिए । भरतमोहन २०५१ सालमा पहिलोपटक अर्थमन्त्री बनेका थिए । उनी भरतमोहन ले अर्थमन्त्री हुदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेका हुन्। ६ दशक देखि सक्रिय राजनीतिमा लागिरहेका नेता हुन् भरतमोहन अधिकारी। शेरबहादुर देउवा नेतृत्व सरकार मा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका थिए। अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्। पटक पटक सरकारमा रहेर उल्लेखनीय काम गर्नुभएका अधिकारीले पहिलाे पटक अर्थमन्त्री हुँदा अघि सारिएको ‘आ फ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ ।

पटकपटक सरकारको मन्त्री पदमा रहँदा समेत उहाको चरित्र निष्कलंक र बेदाग रहेको छ । पूर्वउपप्रधानमन्त्री अधिकारीको पत्नी र दुई छोरी हुनुहुन्छ । नेकपा नेता एवम् पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेताहरुलाई मिलेर अगाडि बढ्न अन्तिम सन्देश छोडेर गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *