पशुपति शर्माको व्यंग्य गीत ‘ हाम्रा नेतालाइ कुरी कुरी ‘ भाइरल बन्दै ( भिडियो सहित )

लुट कान्छा लुट भन्ने गीत गाएर चर्चा मा आएका लोकगायक पशुपति शर्माको चर्चा अझै सेलाइएको छैन। उनि यसै पनि लोकगीतको क्षेत्रमा नाम चलेका गायक थिए त्यस माथि उनले ल्याएको गीतले नेपाली जनाताको भावना अनुसार मनमा बस्न सफल बनेका थिए। सामाजिक संजालमा पशुपति शर्माको गीत भाइरल भनेपछि उनको गीत हटाउन लगाइएको थियो। तर एक पछि उनको अर्को गीत चर्चा आउने क्रम जारि छ।उनको यो गीत सामाजिक संजालका भित्ताहरुमा भाइरल हुन थालेका छन्।

यसै क्रममा भ्रस्टाचार लाइ व्यंग्य गर्ने उनको अर्को गीत हाम्रा नेतालाई ‘कुरी कुरी’ भन्ने गीत भाइरल हुने क्रममा छ। लुट कान्छा लुट युट्युब बाट हताइएपचि उनकै अर्को गीत ‘ए हैजा, नर्क तिर लैजा’ भन्ने गीत सामाजिक संजाल भाइरल भनेको थियो। भ्रस्टाचार सम्बन्धि गीत रहेको उनको उक्त गीत केहि दिन सामाजिक संजाल मा भाइरल बनेकोथियो। यसरि नै अहीले फेरि अर्को गीत भाइरल बन्ने क्रममा छ। पछिल्लो समय नेपालको बजारमा रेकर्ड तोड चर्चा पाएको लुट गीतले पशुपति शर्मालाई चर्चाको सिखरमा पुर्याएको थियो। त्यहि गीतको कारण उनि अन्तरास्ट्रिय मिडिया सम्म पुगेका थिए।

भ्रस्टाचार र घुसखोरी सम्बन्धि गीत बनाएर व्यंग्य गर्ने काम गरेका छन्।‘ए हैजा, नर्क तिर लैजा’ भनेर उनले नेपाली राजनिती लाई गरेको व्यङ्यले फेरि बजारलाइ तताउन थालेको थियो फेरी अहिले ‘कुरी कुरी, बोलको गितले सामाजिक सन्जाल पुरै रङ्गिएको छ । हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *