नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो

सूचना प्रविधिको मुख्य माध्यम बनेको इन्टरनेट मूल्यका हिसाबमा हेर्दा नेपाल दक्षिण एसियाकै महँगो मूल्य पर्ने देशमा परेको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदन अनुसार नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको हो ।

प्रतिवेदनमा समेटिएका इन्टरनेटसम्बन्धी विभिन्न वर्गीकृत सूचकमध्ये मूल्यका हिसाबले विश्वका एक सय देशको सूचीमा नेपाल ८४औँ स्थान पारेको छ । त्यस्तै गरि दक्षिण एसियाली पाच मुलुकमध्ये नेपाल सबै भन्दा अन्तिममा रहेको हो ।

सम्बन्धित देशको आयस्तर र इन्टरनेटको मूल्यका आधारमा तयार यो सूची अनुसार भारत दक्षिण एसियाली देशमध्ये सबैभन्दा सस्तो इन्टरनेट पाइने देश बनेको हो । एक सय मुलुक मध्ये भारत १० औ स्थानमा रहेको छ, त्यसपछि श्रीलङ्का रहेको छ । समग्रमा श्रीलङ्का ४३औँ स्थानमा।, पाकिस्तान ४७औँ स्थानमा रहेको छ। त्यसै गरि दक्षिण एसियाली मुलुकको सूचीमा पाकिस्तान तेस्रो स्थानमा परेको छ। यो खबर आजको गोरखपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *