रबि जस्तै भ्रस्टाचार बिरुद्ध लड्ने पत्रकार अपिल त्रिपाठी माथि मुद्दा ! यस्तो छ बास्तबिकता

रबि लामिछाने जस्तै गरि आफ्नो टेलिभिजन कार्यक्रमको माध्यम बाट भ्रस्टाचार र समाज मा रहेको विसंगति बिरुद्ध आवाज उठाउदै चर्को स्वरमा बिरोध गर्दै आएका पत्रकार अपिल त्रिपाठीले आफ्नो फेसबुक मार्फत एक स्टेटस लेख्दै आफु माथि उच्च अदालत मा मुद्दा दायर भएको जानकारी दिएका छन्। नेपाल टेलिकमले बिपक्षी बनाएर उच्च अदालतमा उनि बिरुद्ध मुद्दा दायर गरेको गरेको जानकारी उनले फेसबुक स्टेटस मार्फत जानकारी गराएका हुन्। यस क्रममा उनले फेसबुक मार्फत नै उनले बिगत १ बर्ष देखि उनले यसै मुद्दाको कारण अदालत धाइरहनु परेको समेत लेखेका छन्।

पोखरा स्थित गण्डकी टेलिभिजनमा गण्डकी छड्के कार्यक्रम चलाएर भ्रस्टाचार र समाजमा रहेको विसंगति बिरुद्ध आवाज उठाउदै आएका छन्। आफुले समाजमा भएको विसंगतिका बिरुद्ध आवाज उठाउदा आफुलाई यस्तो कठघरामा उभ्याइएको लेखेका छन्। बिशेष गरि सरकारी कार्यालयमा छड्के कार्यक्रम संचालन गरेर उनले सर्बसाधारणको समस्या सुल्झाउने कोसिस गर्दै आएका छन्। केहि घण्टा अघि उनले आफु माथि भएको मुद्दाको बारेमा जानकारी दिएका हुन्। आफुले आम नागरिकको पक्षमा बोल्ने बाटो रोजेको बताउदै यस्ता झिना मसिना समस्या सग जुध्न आफु सधै तयार रहेको उनले फेसबुक मार्फत जानकारी दिएका छन्।

पत्रकार अपिल त्रिपाठीले यस्तो लेखेका छन् :

नेपाल टेलिकमले मलाई बिपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेको यहाँहरु लाइ अबगत नै छ | झन्डै १ बर्ष देखि अदालत धाइरहेको छु | थाहा छैन, मुद्दा जितिन्छ कि हारिन्छ वा हराइन्छ ! तर म त्यहि भाग्यमानि हु, जो सरकारी कार्यालयले टाइममा सेवा दिनुपर्छ भनेर आवाज उठाउदा, महिनौ देखि सब कामकाज छोडेर निजि वकिल राखेर अदालतको कठघरामा उभिन्छ | यो देशमा नागरिकले पाउनै पर्ने अधिकार माग्दा ‘शासक’ हरुको बडो टाउको दुख्छ | सम्मानित अदालत बारे केहि टिप्पणी नगरौ, फेरी घर बाहिर प्रहरीको गाडि आइपुग्ला ! अनुभव शेयर गरेको हु, गुनासो गरेको होइन, गर्दिन पनि | किनकि यो आम नागरिकको पक्षमा म आफैले रोजेको बाटो हो | यसै पनि यस्ता झिना मसिना तगाराहरु सग जुध्न सधै तयार नै छु | त्यसै चर्को बोलेको होइन | त्यसै पारो तातेको होइन |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *