रबि लामिछाने र रमेश प्रसाईको भेट , रमेश प्रसाइले गरे रविको अस्पताललाई सहयोग ( भिडियो )

नेपालका चर्चित पत्रकार तथा सामाजिक अभियन्ता रबि लामिछाने र समाजमा भैरहेका विसंगति प्रति कडा प्रतिक्रिया दिने सचेतक रमेश प्रसाईको भेट भएको छ। केहि घटना अघि रबि लामिछानेले आफ्नो फेसबुक मार्फत सबै लाइ जानकारी गराउदै लेखेका थिए ‘ प्रखर, निडर, निर्भीक अनि सर्वप्रिय वक्ता रमेश प्रसाईं जी र मेरो भेट तय भएको छ। रमेशले पब्लिक स्पिकर अवार्ड मा आफुले पाएको पुरुस्कार मध्ये १ लाख रबि लामिछानेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग गरेका छन्। केही घण्टामा उहाँलाई भेटेपछि धरानबाट लाइभ आउछु। प्रतीक्षा गर्नुहोला। ‘ यसरि क्रममा रबिले रमेश प्रशाइलाइ धरान पुगेर भेट गरेका हुन्।

टिभी कार्यक्रम मार्फत घुसखोरी र भ्रस्टाचारी हरुको पर्दाफास गर्दै आएका रबि लामिछानेले विभिन्न अप्ठेरोमा लुटिएका अलपत्र परेका र आवाज नहुने नेपाली दाजुभाइका लागि आवाज उठाउने काम गरेका छन। धरानमा पत्रकार रबि लामिछाने र स्पस्ट बक्ता रमेश प्रशाई एक साथ देखिए । आफ्नो फेसबुक मार्फत लाइभ गर्दै पत्रकार रबि लामिछानेले सबैलाई यस बिषयमा जानकारी दिएका थिए। नेपालमा भर्खर भएको पब्लिक स्पिकर सिजन २ को उपाधि जित्न सफल बनेका रमेशले खुलेरै रविको प्रसंसा गरे भने रमेश प्रशाइको बारेमा समेत रविले तारिफ गर्न बिर्सेनन। रबि रमेशको काम खुलेर तारिफ गरिरहदा रमेशको प्रतिक्रिया पनि उस्तै आएको थियो। एक आपसमा भेटघाटको क्रममा उनीहरु खुसि भएको बताउदै आफ्नो काममा निरन्तर लागिरहने जनाए ।

रबिको तारिफ गर्दै रमेशले राम्रो कामको सधै प्रसंसा गर्ने सुभंचिन्तक आफु रहेको बताउदै यदि बाटो बिराएको खण्डमा शुभचिन्तक आलोचक समेत बन्न सक्ने जानकारी दिए । रमेशले पब्लिक स्पिकर अवार्ड मा आफुले पाएको पुरुस्कार मध्ये १ लाख रबि लामिछानेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग गरेका छन्।  देशकै नमुना अस्पताल बनाउन लागेका रविले कालिकोटको दुर्गममका जनताको लागि अस्पताल नदेखी मर्नुन परोस भनेर नै आफु यो अभियान मा लागेको रविले प्रस्ट परे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *