मनकारी जोडी ! बिद्यालयमै बिबाह, सबै खर्च जोगाएर विद्यालयलाई दिए लाखौ सहयोग

कुनै जोडीले आफ्नो बिहेमा लाग्ने सम्पूर्ण खर्च सामाजिक सेवाको क्षेत्रलाई दान गर्छ भन्ने कुरा सुन्नु साधारण कुरा हैन। आजको समयमा देखावटी र तडकभडक गरि बिहे गर्ने चलन लाइ चुनौती दिदै एक जोडीले साधारण बिहे गरि सम्पूर्ण खर्च बिद्यालय लाइ सहयोग गरेका छन्। यो जोडी हो नरेन्द्र विक र रीना राईको जोडी। जसले समाजमा प्रगति शील विवाह गरेर उदाहरण बन्दै विवाहका लागि छुट्याएको सम्पूर्ण खर्च विद्यालयलाई प्रदान गरेका हुन्।

रुकुमको मुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र र रिनाको जोडीले बिहेको दिन रु ५ लाख बराबरको रकम विद्यालयलाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन्।  समाजमा अलग बन्दै नरेन्द्र विकले समाजका लागि राम्रो संदेश दिएका छन्। उनले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम आयोजना गरेर सहयोग रकम हस्तान्तरण गरेका थिए । छोरा बुहारीको इच्छा अनुसार नै विवाहमा गर्न भनेर छुट्याएको सम्पूर्ण फजुल खर्च कटाएर समाजको सेवा हुने काममा लगाउने निर्णय गरिएको दुलाहाका बाबु फत्तेसिंहले जानकारी दिएका थिए ।

आयोजना गरिएको वैवाहिक कार्यक्रमको दिन सरस्वती मावि सल्लेलाई रु १ लाख ५१ हजार तथा रु ५० हजार बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ । त्यस्तै गरि जलजला मावि थवाङ रोल्पालाई समेत रु १ लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही रु ५० हजारका दरले रु १ लाख ५० हजार उपलब्ध गराइएको उनले जानकारी दिइन् । सामाजिक सेवाका लागि सहयोग गर्ने नरेन्द्र को प्रगतिशील वैवाहिक कार्यक्रममा उनलाई शिक्षा दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *