हात गुमाएका बुद्धिमानलाइ अशोक दर्जी र टंकको हातबाट अहिलेसम्मकै ठुलो सहयोग ( भिडियो )

, , Leave a comment

११ हजार भोल्टको करेन्ट लागेर दुवै हात गुमाएका बुद्धिमान कुवरलाइ ठुलो आर्थिक सहयोग भएको छ। भारतको सिमलामा रोजगारीका लागि पुगेका उनले आफ्नो २ हात र १ खुट्टा गुमाएर फर्केका थिए। बुद्धिमान कुवंरले भारतको सिमलामा काम गर्दा उन्ले बोकेको फलामको छड़ले बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर हात र खुट्टा गुमाएका थिए। उपचार सम्म गर्न नसकेर घरमै बसिरहेका उनीहरुका लागि पनि अहिले सहयोग रकम उठ्न थालेको छ। कृष्ण ओलीको लागि सहयोग रकम उठ्न थालेपछि उनीहरु पनि मिडियामा आएका थिए।

निकै कम्जोर आर्थिक अवस्थाका उनीहरुले आफ्नो उपचार समेत गर्न सकिरहेको अबस्था थिएन। जुन कुरा उनीहरुले विभिन्न अन्तर्वार्ता मा बताइसकेका छन्। उपचारकै लागि कुवंर परिवारले ६० हजार रुपैयामा आफनो भाको थोरै बारी समेत बिक्रि गरिसकेका छन । भर्खर २३ बर्ष मात्र पुगेका बुद्धिमानका एक श्रीमति र ४ बर्षिय छोरा छन् जसको जिम्मेबारी समेत उनले उठाउन सकिरहेका छैनन्। आफ्नो परिवारलाई खुसि र सम्पन्न जिबन दिने सपना देखेका बुद्धिमानले अरुको बाच्नुपरेको छ । उनलाई उपचार गर्न पैसा को अझै खाचो रहेकोले सबै सहयोग मनहरुलाई दिल खोलेर सहयोग गर्न समेत आग्रह गरेका छन् ।

कुनै समय भाइरल बनेका अशोक दर्जी र संगीतकार टंक बुढाथोकीले ठुलो रकम हस्तान्तरण गरेका छ। निकै ठुलो १० लाख रुपया बराबरको रकम हस्तान्तरण भएको हो । बास्तबिक रुपमा यो रकम भने क्यानाडाबाट बिजय पौडेलले फेसबुक फन्डराज मार्फत संकलन गरेर भाग्य न्यौपानेलाई पठाएका थिए । भाग्यले पनि अहिलेको चर्चित बालगायक अशोक दर्जी र लोकप्रिय गायक तथा संगीतकार टंक बुढाथोकीको हातबाट बुद्धिमान कुवरलाई पैसा हस्तान्तरण गरेका हुन्। अशोक र टंकले सहयोगी मनहरुलै धन्यबाद दिदै अझै सहयोग जारि राख्न समेत आग्रह गरेका थिए। हेर्नुस भिडियोमा

 

Leave a Reply