धुर्मुस सुन्तलीसंग काम गर्ने अवसर ! फाउण्डेसनले खुलायो ठुलो संख्यामा जागिर

धुर्मुस सुन्तली फाउण्डेसनले ठुलो संख्यामा जागिर खुलाएको छ । फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भनेर आबेदन खुला गरेको हो। धुर्मुस सुन्तली संग रंगशाला निर्माण गर्ने अवसर मिलेको छ। फाउण्डेसनले विभिन्न २३ वटा पदमा जागिरको आवेदन खुलाइएको हो । नेपालको जव साइट मेरो जव मार्फत आबेदन खुलाइएको हो। नेपालकै ठुलो परियोजना मध्ये एक यस परियोजना ३ अर्बको लागतमा बन्दै गरेको छ। चितवनमा बन्न लागेको यस रंगसालाका लागि अहिले रकम संकलन गर्ने काम भैरहेको छ।

धुर्मुस सुन्तली फाउण्डेसनले खुल्ला गरेको आवेदनमा प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, अफिस म्यानेजर, कम्युनिकेसन म्यानेजर, मार्केटिङ म्यानेजर, एचआर म्यानेजर, फाइनान्स म्यानेजर, प्रोडक्सन म्यानेजर, आईटी म्यानेजर, सोसल मिडिया एक्स्पर्ट, सिभिल तथा आर्किटेक इञ्जिनियर, साइट इञ्चार्ज, इन्टेरियर डिजाइनर, एक्जिक्युटिभ सेक्रेटरी, आईटी अफिसर, पब्लिक रिलेसन अफिसर, क्यामरा पर्सन, एक्जिक्युटिभ असिस्टेन्ट लगायतका २३ शीर्षकमा नेपाली नागरिक भएका तथा अनुभवी व्यक्तिहरुको माग गरेको छ ।

यदि तपाइँ आवेदन गर्न चाहनुहुन्छा भने merojob.com/project-manager-269/ मा गएर जागिरका लागि आबेदन दिन सक्नुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *