अस्टेलिया पुगेका सयौ नेपालि बिद्यार्थीको बिचल्ली , रुदै लाइभमा रबिसंग मागे गुहार ( भिडियो )

उच्च सिक्षा हासिल गर्न विदेश पुगेका सयौ बिद्यार्थीहरुको भबिस्य माथि खेलवाड भएको भन्दै बिधार्थी हरु रुदै सिधा कुरा जनता कार्यकममा आएका छन्। आफ्नो पिडा सुनाउदै उनीहरु लाइभ मार्फत आएर रबि लामिछानेलाई आफ्नो पिडा सुनाएका हुन्। आफुहरु उच्च सिक्षा पढ्न भनेर अस्ट्रेलिया गएका ति सबै बिध्यार्थिहरु डेढ वर्ष पढेपछि कलेज दर्ता नै नभएको भन्दै आफ्नो समस्या जाहेर गरेका हुन्। उनीहरुका अनुसार कलेजको दर्ता नभएको ले आफुले पढेको डेढ बर्षको समय बर्बाद भएको र पैसा पनि बर्बाद भएको भन्दै उनीहरु सिधा कुरामा आएका हुन्।

करिब १ हजार बिद्यार्थी पढ्ने सो कलेज अस्ट्रेलियाको सरकारी निकायमा दर्ता नभएकोले आफुहरु मर्का मा परेको बिध्यार्थीहरुले बताए। आफुहरु विभिन्न कन्सल्टेन्सी मार्फत सो कलेजमा पढ्न गएका थिए। सबै कन्सल्टेंसी ले झुक्याएर यस्तो कलेजमा पठाएको भन्दै बिद्यार्थी हरुले दुख पोखेका छन् र आफुहरु को बिचल्ली भएको भन्दै रबि लामिछानेलाई गुहारेका छन्।

उता कलेजले पनि सबैलाई झुक्याएको जस्तो देखिने अबस्था छ। बिद्यार्थी हरुको भिसा सकिने अबस्था मा छन् यदि समयमै उनीहरुको उद्दार नहुने हो भने नेपाल फिर्ता आउनु पर्ने स्थिति बनेको छ। एता सिधा कुरा जनताले पनि सिक्षा मन्त्रालयका सम्बन्धित व्यक्तिलाई तत्काल सम्पर्क गरि यस बिषयमा हल निकाल्न कुरा समेत गरेका थिए। रविले पनि ति बिध्यार्थिहरुलाई भोलि बिहान सम्म समस्याको समाधान निस्कने मा बिस्वस्त पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *