बेलायती सेनामा नेपाली महिलाहरुको भर्ती रोक्न निर्देशन

बेलायती सेनामा नेपाली महिलालाई भर्ती बन्द गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिना सम्झौता बेलायति सेनामा नेपाली महिलाहरु भर्ना गर्ने काम तुरुन्त रोक्न सरकारलाइ निर्देशन दिएको हो। दुई देशबीचको औपचारिक सम्झौता बिना नभएको भन्दै बेलायती सेनामा नेपाली युवा हरु समेत भर्ती हुँदै आएकोमा रोक्नुपर्ने बताइएको थियो।

‘भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि अझै पनि आन्दोलन गरिरहनुपरेका बेला महिलालाई पनि भर्तीमा पठाउनु न्यायोचित हुँदैन’, समिति सभापति पवित्रा निरौलाद्वारा फागुन ३ गते समितिको निर्णयबारे जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समयअघि भर्ती गरिएका नेपाली महिलालाई पनि तुरुन्त फिर्ता बोलाइयोस्।’

दुई देशबीचको औपचारिक सम्झौता बिना नभएको भन्दै बेलायती सेनामा नेपाली युवा हरु समेत भर्ती हुँदै आएकोमा रोक्नुपर्ने बताइएको थियो। नेपाल र बेलायत सरकारबीच सैनिकमा भर्तीबारे कुनै सम्झौता नभएकोले सरकारसँग सहमति नभएसम्म भर्ति बन्द गरिनुपर्छ भन्ने समितिको निष्कर्ष निस्केको हो। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाधीनतालाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खा सैनिकले उठाएका माग र औंल्याएका समस्या समाधान गर्न उच्चस्तरबाट पहल र वार्ता आरम्भ गर्न समितिले सरकारलाई निर्देशन दिएको छ।

गोर्खा भर्ती सन्धि पुनरावलोकन गरी नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको मान्यताअनुरुप नेपालको परराष्ट्र नीति कार्यान्वयन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *