नायिका अमिशा पटेल माथि ठगीको मुद्दा

बलिउड नायिका अमिशा पटेल माथि ठगीको मुद्दा लागेको छ। मुरादाबादको एक इभेन्ट कम्पनीले उनीमाथि ठगी मुद्दा दर्ता गरेको हो । पैसा लिएर कार्यक्रममा सहभागी नभएको आरोप अमिशा सहित अन्य ४ जना माथि मुद्दा दर्ता गरिएको छ। यो घटना भने १६ नोभेम्बर २०१६ को हो।

मुरादाबाद स्थित ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनीले आफ्नो एक ग्राहकको विवाहमा डान्स गर्न आउने सहमतिमा नायिका अमिशा पटेलले ११ लाख रुपैयाँ लिएकी थि इन तर उक्त दिन १६ नोभेम्बरमा अमिशा विवाह पार्टीमा नृत्य गर्न भने पुगिनन्। अमिशा र उनका सहयोगीले उक्त समयमा नृत्य गर्न आउन अस्वीकार गर्दै त्यतिबेला उनीहरूले थप २ लाख रुपैयाँ पनि माग गरेका थिए । कार्यक्रमका लागि इभेन्ट कम्पनीले फोन गर्दा न फोन उठाए, न त कुनै जवाफ फर्काएका थिए ।

अमिशाका लागि प्लेन टिकट र होटेलको सबै व्यवस्था भैसकेको थियो तर उनि विवाहमा नगएर दिल्लीबाटै साथीसँग मुम्बई फर्केकी थिइन्। यसै मुद्दामा पीडित अदालत पुगेका हुन्। अमिशा, अहमद सरिफ, सुरेश परमार र राजकुमार गोस्वामीविरुद्ध धारा १२० बी, ४०६, ५०४, ५०६ अन्तर्गत एसीजेएममा मुद्दा दायर गरिएको हो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *