रुन्न भनेर सोचेकी थिएँ तर माहोल हेरेपछि म रोएँ : नायिका वर्षा राउत

नायिका बर्षा राउत र नायक संजोग कोइरालाले फाल्गुन २ गते बिहिबार बिहे गरे । प्रेम दिवसका दिन पारेर बिबाह बन्धनमा बाधिएका उनीहरुले शुक्रबार आफन्त र चलचित्रकर्मीका लागि भव्य पार्टीको आयोजना गरेका थिए । ७ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका उनीहरुले भव्य पार्टीमा पहिलो पटक मिडियासँग कुराकानी गर्दै सबै कुरा खोले।

आफुहरुले एक आपसमा यति धेरै माया पाएको भन्दै खुशी व्यक्त गरेक थिए । अहिले नै उनीहरुको कुनै योजना नरहेको बर्षा राउत ले बताइन । नायिका बर्षा राउतको १० दिनपछि चलचित्र ‘जात्रै जात्रा’को छायांकन रहेको बताउदै बरु हातको मेहेन्दीको दाग कसरी हटाउने भनिदिनुस भन्दै ठट्टा गरिन। यस्तै, नायक संजोग कोइरालाले आफ्नो पनि केही नयाँ काम सुरु गर्नु परेको र बर्षाको पनि २ वटा चलचित्रको काम भएकाले केही समय हनिमुनको योजना नबनाएको बताए ।

बिहे भएपछि पनि फरक महसुस नभएको बताउदै संजोगले बरु मानिसहरुको आर्शिवाद पाउँदा भने उनि झसक्क भएको अनुभब सुनाए । ’नायिका बर्षा राउत भने सन्जोग लाइ आफुले ‘बुढा’ भन्न पाएको खुसि हुदै बताइन । बर्षाले सन्जोग लाइ मोबाइलमा ‘दुलाहा राजा’ भनेर नाम सेभ गरेको बताइन । बिहेको दिनमा आँशु आयो कि आएन भनेर प्रश्न सोध्दा बर्षाले भनिन्–‘पक्कै पनि अन्माउँदा रुन आउँदा रहेछ । म रुन्न भनेर सोचेकी थिएँ । तर, माहोल हेरेपछि म रोएँ ।’भाइहरु पनि रोएपछि आफू रोएको बर्षाले बताइन् । यस्तै, संजोगले करिब ७ बर्ष लामो यात्रामा कहिले झगडा गरेको त कहिले खुशी भएको भन्दै सफल भएको महशुश गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *