नायिका बर्षा र संजोग कोइरालाको बिबाह , दुलाहा दुलही यस्तो देखियो

नायिका बर्षा राउत र अभिनेता सन्जोग कोइराला ले बिबाह गरेका छन्। आज फागुन २ गते प्रेम दिबसको दिनमा उनीहरुले बिहे गरेका हुन्। ७ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन्। केहि दिन अघि मात्र यो जोडीले इन्गेजमेन्ट गरेको थियो। दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाएर इन्गेजमेन्ट गरेको यो जोडी आज बिबाह बन्धनमा बाधिएका हुन्।

प्रेम दिवसको अवसर पारेर हिन्दू परम्परा अनुसार पारिवारिक जमघटबिच वर्षा र संजोगले गोप्य तरिकाले बिवाह गरेका हुन् । भोलि फागुन ३ गते उनीहरुको बिबाहको पार्टी राखिएको छ। जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ । उनीहरुको बिहेको फोटो समेत सार्बजनिक भएको छ । उनीहरुले आफूहरुको लागि संयूक्त नाम ‘सन्सा’ जुराएका छन् । हाम्रो तर्फा बाट पनि संजोग र बर्षालाई सुखमय बैवाहिक जीवनको शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *