धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट सुरु, विजेतालाइ ३० लाख पुरस्कार

धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट सुरु हुदैछ । शनिबारबाट हुने भनिए पनि प्रतिकूल मौसमका कारण सरेको डीपीएल आज बाट सुरु हुन लागेको हो। तेस्रो संस्करणको डिपिएल लिग आज सोमबारबाट नियमित रूपमा खेल सञ्चालन हुने आयोजकको दाबी छ।

आज सोमबारको लिगको पहिलो खेल धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सबीच हुदै छ। फाप्ला क्रिकेट मैदानमा आयोजना हुदै गरेको यो लिगको विजेताले ३० लाख रुपैयाँ पुरस्कार जित्नेछन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको अम्पायर मोहम्मद सफिकलाई ब्याट र बल दिएर शनिबार नै उद्घाटन गरेका थिए। डीपीएलको तेस्रो संस्करणमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन, विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।

धनगढी प्रिमियर लिग (डीपीएल) प्रतियोगितामा विजेता बन्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *