स्वर्ण पदक विजेता बडी बिल्डर महेश्वर महर्जनलाइ नगद सहित सम्मान

विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जन शनिबार सम्मानित भएका छन् । दशौ विश्व शारीरिक सुगठनमा च्याम्पियन बनेर स्वर्ण पदक विजेता बनेका महेश्वर महर्जनलाइ नेपाल स्क्वास -याकेट्स संघले नगदसहित सम्मान गरेका छन् । अहिले सम्मको इतिहासमा महेश्वर महर्जन विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जित्ने एक्लो नेपाली खेलाडी हुन् ।

गत डिसेम्बर महिनामा थाइल्यान्डमा भएको विश्वस्तरीय सारीरिक सुगठन प्रतियोगिताको पुरुषको ७५ केजीमा महेश्वरले नेपाललाई विश्वमा चिनाउदै स्वर्ण पदक जिते र इतिहास रचेका थिए । विश्व स्तरिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्न अघि पनि महेश्वरले एशियाली शारीरिक सुगठनमा समेत स्वर्ण पदक जितेका थिए। उनि नेपालका सारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् । महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच नगद १ लाख १ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । अहिले सम्म महेश्वर लाइ विभिन्न संघ संस्थाले नगद सहित सम्मान गरि सकेको छ।

उता महेश्वर महर्जन भने राज्यले खेलाडीलाई राम्रो संग सपोर्ट गरि नरहेको कुरा मा गुनासो गरेका छन्। आफुले प्रतिस्पर्धा जितेपनि सरकारको तर्फा बाट कुनै सहयोग नमिलेको सबै खर्च आफैले गरि प्रतिस्पर्धा जितेको थियो। अहिले सम्म आफुले प्रतिस्पर्धाका लागि लाखौ खर्चा गरिसकेको बताए। यसरि आफैले खर्च गरेर सधै प्रतिस्पर्धामा सहभागी हुन नसक्ने बताउदै उनले राज्यले हेर्नुपर्ने बताउदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *