फेसबुकको नयाँ फिचर : पठाएको मेसेज पाउनेले समेत नदेख्ने गरी मेसेज डिलिट गर्न मिल्ने

फेसबुकले आफ्नो प्रयोगकर्ताहरुको लागि अति नै राम्रो फिचर उपलब्ध गराएको छ। पठाएको मेसेजलाइ मेटाउन मिल्ने अर्थात डिलेट गर्न मिल्ने फिचर बनेको हो। मंगलबार फेसबुकले यो फिचर सबै फेसबुक प्रयोगकर्ताका लागि सार्वजनीक गरेको हो ।

तपाइले कसैलाई झुक्किएर मेसेज पठाएको खण्डमा तेस्लाई डिलेट गर्न मिल्ने भएको छ। तर तेस्को लागि समय सिमा भने रहनेछ। एक निश्चित समय भित्र मात्र यो सुबिधा उपलब्ध हुने छ। तपाइले मेसेज पठाएको १० मिनेट सम्म मात्र डिलेट गर्न मिल्नेछ त्यस पछि भने हटाउन मिल्ने छैन। यस अघि पनि मेसेज डिलेट गर्न मिल्ने थियो तर तपाइले डिलेट गरेको मेसेज तपाइको लागि मात्र डिलेट हुने गर्थ्यो पाउने मान्छेको मेसेंजेर बाट भने हट्ने गरेको थिएँन। अब भने तपाइले पठाएको मेसेज पाउने मान्छेले समेत नदेख्ने गरी हटाउन सकिने भएको हो।

फेसबुकका सीईओ मार्क जुकरबर्गको लागि यो फिचर पहिले देखिने उपलब्ध रहेको र उनले आफुले पठाएको मेसेज प्राप्त गर्नेको मेसेन्जर बाट समेत हटाउने गरेको बताइञ्छ। यो फिचर सबैका लागि उपलब्ध गराउन माग गरिदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *