हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दिए धुर्मुस-सुन्तलीलाई दिए यस्तो सुझाब

नेपालका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस-सुन्तलीलाई राम्रो सुझाब दिएका छन्। नेपालकै गौरबको परियोजनामा काम गर्न अघि बढी रहेका धुर्मुस सुन्तलीलाई कलाकार श्रेष्ठले सार्वजनिक काम गर्दा एक पैसा पनि तलमाथि नहुने गरि गर्न सुझाव दिनुभएकाे‍ हो । नेपालकै ठुलो परियोजना मा गरिने यो रंगशाला बनाउदा धुर्मुस सुन्तलीलाई ठुलो चुनौती रहेको बताउदै सम्हालिएर काम गर्न सुझाएका हुन्।

श्रेष्ठले बुधबार राष्ट्रिय सभागृहमा हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउन्डेसनले चितवनमा बनाउने गाैतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाकाे पचारिक कार्यक्रममा बाेल्दै यस्ताे सुझाव दिनुभएकाे हाे । धुर्मुस सुन्तलीले समाजसेवाको क्षेत्रमा ठुलो उचाइ हासिल गरिसकेको हुदा उनीहरुले काम गर्दा कद अनुसारकाे मर्यादा जाेगाउदै अघि बढ्नु पर्ने बताएका हुन्। यसाे गर्न नसकेको खण्डमा उनीहरुको अहिलेसम्म गरेका सबै राम्रा काम पनि ओझेलमा पर्न सक्ने बताउनुभएको थियो । दिन र समय सधै एकनास नहुने हुदा याद राखेर काम गर्नु एक पैसा मात्र तल माथि नहुने गरि काम गर्नु भन्दै , इमान्दार गरि काम गरे राम्रो हुने समेत बताएका थिए। धुर्मुस-सुन्तलीले अहिलेसम्म गरेका सामाजिक कार्यको समेत प्रशंसा गर्दै शुभकामना समेत दिनुभएको थियो।

उहाँले भन्नुभयाे, ‘अब तिमीहरुकाे उचाइ धेरै माथि पुगिसकेकाे छ, पैसा तलमाथि हुनु भनेकाे उचाइबाट खस्नु हाे, सानाे उचाइबाट खस्दा केही हुँदैन, धेरं उचाइबाट खस्याे भने त टाउकाे साउकाे फुट्छ’, श्रेष्ठले यसरी ठट्याैली पारामा गहिकलाे सुझाव दिँदै गर्दा दर्शकदीर्घामा तालीकाे गड्गडाहटसहित हाँसाेसमेत गुञ्जिएकाे थियाे । उहाँले धुर्मुस-सुन्तलीले अहिलेसम्म गरेका सामाजिक कामकाे प्रशंसा गर्दै आउँदा दिनहरुकाे लागि शुभकामना पनि व्यक्त गर्नुभएकाे थियाे ।

यसै पनि रंगशाला ठुलो परियोजना रहेको र अरबौ रकम जुताउन सजिलो भने छैन। देश तथा विदेश बाट रकम जुटाएर बनाउन लागिएको यस परियोजना अति नै चुनौती पूर्ण रहेको छ। सर्बसाधारण हरु पनि यस परियोजना प्रति बाडिएका छन्। कतिले निर्माण हुनुपर्छ सहयोग जुत्छ, सहयोग गर्छु भनिरहेका छन् भने कतिले भने यो सरकारको काम हो , सरकारको पैसाले यो रंगासाल बन्नु पर्छ , जनताको पैसा ले बनाउने हैन भन्ने आवाज समेत उठेको पाइएको छ। यसैले पनि धुर्मुस सुन्तलीलाई यो परियोजना अहिले सम्मकै चुनौती पूर्ण परियोजना भनेको छ।

One Comment on “हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दिए धुर्मुस-सुन्तलीलाई दिए यस्तो सुझाब”

Leave a Reply

Your email address will not be published. Required fields are marked *