गुगल प्लस अप्रिल २ मा बन्द हुँदै

संसार कै ठुलो इन्टरनेट जाएन्ट कम्पनि गुगलले आफ्नो सोसल नेटवर्किङ्ग साइट गुगल प्लस यहि अप्रिल २ बाट बन्द गर्दै छ। यस अघि नै बन्द गर्ने घोषणा गरेको भएपनि बन्द गर्ने मिति भने अहिले बल्ल आएर गुगलले सार्वज्निक गरेको हो। करोडौ प्रयोगकर्ता भएको सोसल नेटवर्किंग साइट गुगल प्लसले फेसबुक लै टक्कर दिन भने सकेन। फेसबुक लाइ चुनौती दिन गुगलले गुगल प्लसको निर्माण गरेको भएपनि सोचे अनुरुप जान भने सकेन।

कम्पनीले यस अघि अगष्ट महिनामा बन्द गर्ने भनेको गुगल प्लसलाइ सेक्युरिटी कारण ले गर्दा समय अधि नै अप्रिलमा बन्द गर्ने निर्णय गरेको बताइएको छ।

एक अफिशियल पोष्टमा कम्पनीले प्रयोग कर्ताको डाटा डिलेट गर्न सुरु गरिने बताउदै अप्रिल २ मा गुगल प्लसको सबै पेज बन्द हुने जानकारी दिएको छ। कुनै पनि प्रयोग कर्ताले अप्रिल अघि नै आफ्नो फोटो र डाटा डाउनलोड गरेर सुरक्षित गर्न सक्ने बताएको छ। सन् २०११ मा सुरु भएको गुगल प्लसमा सन् २०१५ सम्म आइपुग्दा ११ करोड प्रयोगकर्ता पुगेपनि प्रयोगकर्ताले खासै चासो नदेखाएको र प्रयोगकर्तामा वृद्धि नहुँदा यस प्लेटफर्म माथि दबाब बनेको थियो। पछिल्लो समय विभिन्न प्लेटफर्म बाट करोडौ प्रयोगकर्ताको डाटा चोरीको घटना भैरहेको समयमा डाटा चोरी हुन सक्ने कारण छिटै यो प्लाटफर्मलाइ बन्द गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *