आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलकाे मुल्य बढायो

आज राति देखि लागु हुने गरि नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमका अनुसार शनिबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ / २ रुपैयाँको दरले मूल्य बढ्ने भएको छ । मुल्यबृद्धि पछि पेट्रोलको प्रतिलिटर ११०, डिजल र मट्टीतेलको प्रतिलिटर ९७ कायम हुदै छ।

भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सुची अनुसार मूल्य बढाएको हो। निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । हरेक १५/१५ दिनमा इन्धनको मूल्य समायोजन गर्ने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब डेढ महीनाजति अघि देखि गिरावट आएपछि विगतको महीनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *